latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), २३ असार
रामपुर वचत तथा ऋण सहकारीको सहयोगमा रामपुर अस्पतालमा निर्माण भएको प्रतिक्षालय हस्तान्तरण गरिएको छ । अस्पताल प्रवेशद्वार नजिकै बनेको प्रतिक्षालय सहकारीले संचालक समितिका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा एक कार्यक्रम गरी आज अस्पताल विकास समिति र प्रशासनलाई हस्तान्तरण गरेको हो ।
सामाजिक सेवा अन्तर्गत सहकारीले धेरै बिरामीले सेवा लिने यस अस्पतालमा प्रतिक्षालय निर्माण गरेको सहकारीका अध्यक्ष गुरुप्रसाद रेग्मीले बताउनुभएको छ । सामाजिक दायित्वको हिसावले सेवाग्राहीलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षमा दुईवटा प्रतिक्षालय निर्माण गर्ने सहकारीले जनाएको छ ।
रामपुर अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले भौतिक संरचनाले अस्पतालमा अभाव नरहेको, अब प्राबिधिक सेवालाई जोड दिने बताउनुभएको छ । अस्पतालमा भएको चौतारी भवन निर्माणका क्रममा मासिदै जान थालेको अवस्थामा रामपुर सहकारीले सामाजिक भावनाका साथ गरेको यस कार्यले समाजमा सकारात्मक प्रभाव पर्ने र यसबाट बिरामी धेरै लाभान्वित हुने अध्यक्ष ढकालले बताउनुभएको छ । कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विजय परियारले अस्पतालमा दैनिक सेवा लिने बिरामीको चाप बढेको बताउनुहुदै यस अस्पताललाई सम्झेर सहकारीले गरेको सहयोगप्रती धन्यवाद दिनुभएको छ । कार्यक्रमको संचालन सहकारीका सचिव कृतिनाथ श्रेष्ठले गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय