latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा असार २३
लायन्स क्लब अफ पाल्पा तानसेनले तानसेनको टुडिखेलमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लबले शनिबार बिहान एक कार्यक्रमका बीच बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । क्लबले ज्याकरकाण्डा फूलको बिरुवा रोपेको लायन्स क्लब अफ पाल्पा तानसेनका पूर्ब अध्यक्ष सागरमान महर्जनले जानकारी दिनुभयो ।
कार्यक्रमकी प्रमुख अतिथी तानसेन नगरपालिकाकी कार्यबाहक नगरप्रमुख प्रतीक्षा गाहाले लायन्स क्लब अफ पाल्पा तानसेनले थुप्रै मानवीय कार्य गरेको बताउनुभयो । प्रमुख अतिथी कार्यवहाक नगरप्रमुख गाहाले बिरुवा लगाउनु मात्र ठूलो कुरा नभई बिरुवालाई हुर्काउनु ठूलो कुरा रहेको बताउनुभयो । उहाँले फरक खालको फुलले टुडिखेल मैदान सौन्दर्यका लागि ठुलो भुमिका खेल्ने धारणा राख्नुभयो। बृक्षारोपन कार्यमा जिल्ला बन कार्यालय पाल्पाले सहयोग गरेको हो ।
कार्यक्रम टंक घिमिरेको स्वागत विवेककाजी शाक्यको संचालन र लायन्स क्लब अफ पाल्पा तानसेनका अध्यक्ष अमन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय