latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), २१ असार
रानीवन तथा बडभान सामुदायिक वन उपभोक्ता समूह रामपुर नगरपालिका वडा नं ४ पाल्पाले वृक्षारोपण कार्यक्रम गरेको छ । वन समुहको बरडाँडा, बाघखोर, आरुमकोट र पोखरी आसपासमा करिव एक हेक्टर क्षेत्रफलमा विभिन्न जातका विरुवा रोपण गरिएको छ ।

वन समुहका अध्यक्ष प्रेमबहादुर पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वनका सल्लाहकार एवम् वडा नं ४ का निवर्तमान वडाध्यक्ष एकबहादुर नेपालीले विरुवा रोपण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । वृक्षारोपण कार्यक्रमले वातावरण स्वच्छ, सफा हरियाली र सन्तुलन कायम गर्न धेरै सहयोग पुग्ने भएकोले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सल्लाहकार मकबुल मियाँ, कार्यपालिका सदस्य सिमादेवी थापा, वडा सदस्य मोहन सिं राना, उपभोक्ता समिति सदस्य हमिद मियाँ लगायतले वन संरक्षणका लागि समय–समयमा वृक्षारोपण, गोडमेल, हेरचाहमा ध्यान दिनुपर्ने बताउनुभएको छ । उपभोक्ता समिति सचिव जुनु शेखले कार्यक्रम संचालन गर्नुभएको हो । कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारी, सदस्य तथा उपभोक्ता, जनप्रतिनिधि, सल्लाहकार लगायतको सहभागीतामा वृक्षारोपण कार्यक्रम भएको हो ।

सब–डिभिजन वन कार्यालय रामपुरको निःशुल्क सहयोगमा टाँकी, अमला, तेजपत्ता, टिक जातका तीन सय विरुवा रोपिएको वन समुहले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय