latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

पाल्पा, रामपुर नगरपालिकाले नगरका विभिन्न स्थानमा सोलार बत्ती जडान गरेको छ । नगरपालिकाले वडा नं. ५ को नगरपालिका कार्यालय परिसर , वेझाँड बजार , सदावर्त चोक , तालपोखरा , कालिआँप , र किसानबारी बजारमा बुधबार सोलार बत्ती जडान गरेको हो ।

नगरका सडक चोक , सार्वजनिक स्थान र पर्यटकीय क्षेत्रमा ७ वटा सौर्य बत्ती जडान गरेको छ । रातको समयमा हुन सक्ने विभिन्न आपराधिक घटना र सुरक्षालाई मध्येनजर गरि नगरका विभिन्न स्थानमा अटोमेटिक सोलार बत्ती जडान गरिएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । नगर प्रमुख थापाले सोलार बत्ती जडान संगै सम्भावित अपराधिक घटनामा कमी आउनुका साथै रातको समयमा हिंडडुल गर्न सुरक्षित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नगरको सौन्दर्यता र सुरक्षाका लागि अहिले पहिलो चरणमा आवश्यक स्थानमा बत्ती जडान गरिएको र अन्य स्थानमा पनि सोलार बत्ती जडानलाई विस्तार गर्दै जाने बताउनुभयो ।

वैकल्पिक उर्जा प्रवर्दन केन्द्रको ससर्त अनुदानमा नगरपालिकाले सडक तथा चोकमा पोल सहितको अटोमेटिक सोलार बत्ती जडान गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय