latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

तानसेन नगरपालिकाले खानेपानी उपभोक्ता समितिको तदर्थ समिति अध्यक्षमा माेहन प्रसाद श्रेष्ठ चयन भएका छन् । तानसेनका खानेपानी उपभोक्ताहरूको भेलाबाट निर्णय भएअनुसार तदर्थ समिति गठन गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले तानसेनका उपभोक्ताहरूको भेलाबाट भएको निर्णय अनुसार नगरकार्यपालिकाको बैठकले श्रेष्ठको संयोजकत्मा ७ सदस्यीय तदर्थ समितिको गठन गरेको हाे । समितिकाे सदस्यहरुमा राधेश्याम ज्ञवाली, सन्तोषकुमार नेपाल, दुर्गादेवी भट्टराई, महेन्द्र बहादुर खाती क्षेत्री, लालमने अधै पुन र दिल कुमारी शर्मा रहेका छन् ।

असार १३ गते तानसेनमा सम्पन्न उपभोक्ताहरुको भेलाले नगरपालिकालाई जिम्मेवारी दिएको थियो । यसअघिको समितिको म्याद सकिएको ३ वर्ष पुग्दा पनि बैधानिक रुपमा पुर्नगठन हुन सकेको थिएन । तानसेनको खानेपानी उपभोक्ता समितिको कम चासोकै कारण तानसेनमा सधै पानी समस्या हुदै आएको छ । यो समितिले नयाँ बिधान तयार गरि ६ महिनाभित्र खानेपानी उपभोक्ता समितिको निर्वाचन गराउने जिम्मेवारी पाएको छ ।

संयोजक श्रेष्ठ नेपाल उद्याेग वाणिज्य महासंघका केन्द्रीय सदस्य हुन्हुर । तदर्थ समितिलाई खानेपानी उपभोक्ता समितिको विधान नियमित बनाउने, नयाँ उपभोक्ता समिति निर्वाचित गर्ने तथा हाल अव्यवस्थित रहेको खानेपानी व्यवस्थापनलाई नियमित बनाउने जिम्मेवारी तोकिएको प्रवक्ता कार्कीले पत्रकार सम्मेलनमा बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय