latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

पाल्पा , रामपुर नगरपालिकाले कृषकहरुलाई उन्नत जातको घाँसको विरुवा वितरण गरेको छ । रामपुर नगरपालिकाले रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत गठन भएका स्वाबलम्बन समुह र युवा समुहहरुलाई मंगलबार विभिन्न जातका घाँसको विरुवा वितरण गरेको हो ।

घाँसको विरुवा वितरण गर्दै रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी थापाले व्यवसायीक रुपमा पशुपालनका लागि घाँसको सहि सदुपयोग गरि उत्पादनमा वृद्धि गर्न आग्रह गर्नुभयो । उहाँले नगरलाई मासुमा आत्मनिर्भर बनाउनका लागि विषेश योजनाका साथ अगाडी बढेको भन्दै पशु व्यसायीक रुपमा पालन गर्नु पर्ने बताउनुभयो । साथै उपप्रमुख थापाले पशुपालनका लागि परियोजना मार्फत बाख्राको माउ र व्याडे बाख्रा वितरण गर्दै आएको बताउँदै यो कार्यक्रमलाई अझ परिस्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिका वडा नं.५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले पशुपालक कृषकका लागि नगरले गरेको लगानी खेर नजाने गरि पशुपालनमा लाग्न आग्रह गर्नुभयो ।

रामपुर नगरपालिका वडा नं. ५ को कार्यालय भवनमा भएको कार्यक्रममा नगर भित्रका ५१ समुहका सदस्यहरुलाई ५ प्रकारका उन्नत जातका घाँसको विरुवा वितरण गरिएको छ । रामपुर नगरपालिका वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलको अध्यक्षतामा भएको घाँसको विरुवा वितरण कार्यक्रम रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका संयोजक सन्जु परियारको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन समुदाय सहजकर्ता सुस्मा आलेले गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय