latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

गोपालप्रसाद वश्याल

असार २०, पाल्पा
तानसेनको मोहनकन्या माध्यमिक विद्यालयका शिक्षकहरूका लागि विद्यालय स्तरीय पाठ्यक्रम र विद्यार्थी मूल्यांकन तथा अभिलेखीकरणसम्बन्धी दुई दिने तालिम आज सम्पन्न भएको छ ।
तालिममा एकिकृत पाठ्यक्रम र सक्षमतामा आधारित पाठ्यक्रमका सैद्धान्तिक अवधारणा, बालमैत्री तरिकाका कक्षा शिक्षण रणनीति एवम् क्रियाकलापहरू, विद्यार्थी मूल्यांकनको अवधारणा, एकिकृत पाठ्यक्रमअनुसार विद्यार्थी मूल्यांकनको पोर्टफोलियो ब्यवस्थापन र उपलब्धि अभिलेखीकरणको अभ्यास गरिएको थियो । तालिमको सहजीकरण गर्दै शिक्षक गोपाल प्रसाद वश्यालले शिक्षणका क्रममा पाठ्यक्रम, पुस्तक, शिक्षक निर्देशिकाको उपयोग अनिवार्य भएकोले शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रका वेवसाइटमा उपलब्ध लर्निंग पोर्टल र डिजिटल सामग्रीको पहुँचसम्बन्धी अभ्यास समेत गराउनु भएको थियो । शिक्षकहरूलाई निरन्तर सहायता आदानप्रदान गर्ने उद्देश्यकासाथ गुगल क्लासरुम मार्फत शिक्षण स्रोत सामग्री र पारस्परिक सिकाइको वातावरण बनाउने प्रयाश गरिएको शिक्षक वश्यालले बताउनु भयो ।
विद्यार्थीको उपलब्धिस्तर बृद्धि गर्नका लागि विद्यालयले आफ्नै पहलमा शिक्षकहरूको क्षमता विकास गर्ने परम्पराको थालनी स्वरुप पाठ्यक्रमसम्बन्धी तालिम आयोजना गरेको र निकट भविष्यमै कम्प्युटर प्रविधि र अंग्रेजी माध्यममा शिक्षणसम्बन्धी तालिम आयोजना गर्ने कार्यक्रम विद्यालयले बनाएको प्रधानाध्यापक दिपक ज्ञवालीले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय