latest
श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||   
बिहिबार , असार ११, २०८३

बगनासकाली गाउँपालिकाकाे १४ औं गाउँसभा सम्पन्न भएकाे छ । आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पारित गर्दै सभा सकिएकाे हाे ।

सभामा गाउँपालिका अध्यक्ष सरस्वती चिदी द्धारा प्रस्तुत आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम उपर छलफल र निर्णयार्थ पेश गरेकोमा गाउँसभाले सर्वसम्मत पारित गरेको थियाे । गाउँसभामा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बिनियोजन विधेयक २०८० र आर्थिक विधेयक २०८० उपर छलफल र निर्णयार्थ पेश गरिएकोमा दुबै बिधेयक गाउँसभाले सर्वसम्मत पारित गरेको छ ।

गाउँपालिकाले यस बर्षदेखि गौरवको योजनाको रुपमा चिलाङ्दी चापपानी सडक अन्तर्गत चिलाङ्दी देखि मालारानीसम्म सडक खण्डको स्तरोन्नतीका लागि १ करोड रुपैयाँ बिनियोजन गरिएको यो कार्यक्रमलाई हरेक बर्ष निरन्तरता दिने गाउँपालिका अध्यक्ष चिदीले बताइन । उनले यस वर्ष गाउँपालिकाले टोल र वडाहरुबाट आएका योजनाहरुको आवश्यकता र महत्व हेरि बजेट बिनियोजन गरेको अध्यक्ष चिदीले बताइन् ।

गाउँसभाले आर्थिक वर्ष २०८०।०८१ का लागि ४९ करोड ३४ लाख ६४ हजार ५ सय २४ रुपैयाँ बरावरको बजेट पास गरेकोछ । जसमध्ये आर्थिक विकासतर्फ २ करोड २८ लाख ५० हजार, सामाजिक विकास तर्फ २४ करोड ८५ लाख ३७ हजार, पुर्वाधार विकास तर्फ ११ करोड ८९ लाख ७५ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ २ करोड ६२ लाख ४३ हजार र कार्यालय संचालन र प्रशासनिक तर्फ ७ करोड ६८ लाख ५९ हजार ५सय २४ रुपैयाँ बिनियोजित गरेको हो । सभाले आगामी वर्ष पालिकाले आन्तरिक आयतर्फ ९० लाख रुपैयाँ संकलन हुने अनुमान गरेको गाउँपालिकाले जनाएकोछ । पालिकाले वडाको भौगोलिक तथा जनसंख्याको आधारमा बजेट बिनियोजन गरेको छ । जस अन्तरगत वडा नं. १ र ६ मा ३८ लाखका दरले, वडा नं. २, ३, ४, ५ ७ र ९ मा ३४ लाखका दरले र वडा नं. ८ मा २८ लाख बजेट बिनियोजन गरेको छ ।

त्यस्तै गाउँपालिकाको प्रशासनिक भवन निर्माणको निरन्तरताका लागि ५० लाख, विपद व्यवस्थापन कोषका लागि ५० लाख, स्वास्थ्यतर्फ ३५ लाख, बालमैत्री कार्यक्रमका लागि २० लाख, कृषि कार्यक्रम संचालनका लागि ३५ लाख, पशु सेवा कार्यक्रमका लागि २० लाख, शैक्षिक गतिबिधि सुधार र गतिबिधि सञ्चालनका लागि ८२ लाख रुपैयाँ बिनियोजन गरिएको छ । त्यस्तै युवा स्वरोजगार कार्यक्रमका लागि २० लाख रुपैयाँ बिनियोजन गरिएको छ । पालिकाले चालु आर्थिक वर्षमा हुँदै आएकाअनुदान र लोककल्याणकारी कार्यक्रमहरुलाई आगामी वर्ष पनि निरन्तरता दिने उल्लेख गरेको छ । खानेपानी लिफ्टिङको बिद्युत महसुलमा ६० प्रतिशत अनुदान निरन्तर हुनेछ । अभिभावक बिहीन बालबालिकाहरुका लागि स्याहार सम्भार र शिक्षाका लागि मासिक १ हजार, र ग र घ बर्गका अपांगता भएका ब्यक्तिहरुका लागि मासिक ५०० र ३०० भत्ता दिने कार्यक्रम आगामी वर्ष पनि निरन्तर हुनेछ । स्वास्थ्य स्वयमसेविकाहरुको मासिक सुविधा बापतको १ हजार उपलब्ध गराउने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय