latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

पाल्पा, असार १९

सिद्धार्थ राजमार्ग र कालीगण्डकी करिडोरको सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिरो खस्दा सडक अवरूद्द भएको हो ।

पाल्पाकाे माथागढी गाउँपालिका–१, चिदीपानीस्थित धैरेनीमा सडक अवरुद्ध छ । राजमार्गको माथिल्लो भागबाट खसेको लेदो र गेग्रानले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो। यस्तै बगनासकाली गाउँपालिका–४, सेरामा पनि माथिल्लो भागबाट गेग्रान र लेदोसहितको पहिरो खसेर सवारी आवागमनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताए ।

यस्तै तानसेन बुटवल खण्डको डुम्रेमा पनि पहिरोले गर्दा एकतर्फी रुपमा सवारी संचालन भएको प्रहरीले जनाएको छ । पहिलो पन्छाएर सवारी सञ्चालनको प्रयास भने जारी छ । तर पानी परिरहदा पहिरो खस्ने क्रम नरोकिएको हुँदा आवागमनमा समस्या भएको यात्रुहरुले बताएका छन् ।

यता कालीगण्डकी करिडोरकाे पिपलडाँडा रामपुर खण्डको रम्भा गाउँपालिका १ र ३ काे बीचमा पर्ने सहदी खाेला नजिकै खसेको पहिरोले सडक पूर्ण रुपमा बन्द भएको प्रहरीले जनाएको छ । यस्तै रामपुरदेखि डेढगांउहुँदै नारायणघाट काठमाडौंकाे सडक पनि बीचबीचमा पहिराेले अवरूद्द भएकाे हुँदा याे सडक भएर यात्रा गर्ने यात्रुहरुले अर्को वैकल्पिक बाटो यात्रा गर्नुहुन अनुरोध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय