latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, आधारभुत तहका अंग्रेजी विषयका शिक्षकहरुका लागि २ दिने शिक्षण अभिमुखिकरण कार्यक्रम रामपुर नगरपालिका पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिका शिक्षा शाखाको आयोजनामा भएको तालिमको सोमबार समापन गरिएको हो ।

कार्यक्रमको समापन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अंग्रेजी सुधारका लागि शिक्षकहरुको महत्वपूर्ण भुमिका हुने बताउनुभयो । विद्यालयमा अध्ययपन गराउने शिक्षकको मेहनतमा विद्यार्थी र समग्र विद्यालयको शैक्षिक गुणस्तर निर्भर हुने उल्लेख गर्नुभयो । कक्षा शिक्षणलाई प्रभावकारी र उपलब्धिमूलक बनाउनका लागि शिक्षकले प्रयोग गर्ने शैक्षिक सामग्री र शिक्षण विधिमा सुधार्न आग्रह गर्नुभयो । नगर प्रमुख थापाले जुनसुकै क्षेत्रको दीर्घकालिन विकासका लागि समुदायमा शिक्षाको विकास हुन जरुरी रहेको बताउनु भएको छ । उहाँले भन्नुभयो–“ भौतिक विकासले मात्र कुनै पनि क्षेत्रको विकास भएको मानिदैन यसका लागि त्यहाँ बसोबास गर्ने मानिषको मस्तिष्कको विकास हुन आवश्यक छ ।” मानिसको मस्तिष्कको विकास भए मात्र हरेक विकाले सार्थकता पाउने भन्दै शिक्षाको माध्यमबाट मस्तिष्कको विकासका लागि शिक्षकरुलाई लाग्न आग्रह गर्नुभयो । भौतिक विकासका लागि जनप्रतिनिधि लागेको भन्दै नगर प्रमुख थापाले नगरको शैक्षिक र सामाजिक विकासको क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामहरि पाण्डेले विद्यालयको शैक्षिक सुधारका लागि शिक्षकको महत्वपूर्ण भुमिका रहने बताउनुभयो । उहाँले शिक्षकले चाहेमा विद्यालय र विद्यार्थीको अंग्रेजी विषयमा सुधार हुने बताउनुभयो । यस्तै रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्लेले नगरपालिकाले शिक्षकहरुको क्षमता विकासमा धेरै लगानी गरेको भन्दै अब त्यसको प्रतिफल लिनु पर्ने वेला आएको बताउनुभयो । साथै सञ्चालन गरेका कार्यक्रमको प्रभाव र शिक्षकहरुको सिप क्षमताको मुल्यांकनका लागि अनुगमनको पाटोमा जोड दिईने बताउनु भएको छ ।

कार्यक्रममा तालिमका प्रशिक्षक सुनिल देवकोटा र बाबुराम पंगेनीले २ दिन सम्म तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गरेर सामुदायीक विद्यालयलाई अंग्रेजीमा कमजोर छ भन्ने कुरालाई चिर्न आग्रह गर्नुभयो । कार्यक्रममा सहभागि शिक्षकहरु लेख प्रसाद श्रेष्ठ र रस्मिता पोखरेलले तालिम समय सापेक्ष र उपलब्धिमूलक भएको भन्दै तालिममा सिकेका कुरा कक्षा शिक्षणको क्रममा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामहरि पाण्डेको अध्यक्षतामा भएको समापन कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रमको संचालन शिक्षा अधिकृत विकल काफ्लेले गर्नु भएको थियो । नगरपालिका भित्रका आधारभुत तहका विद्यालयका शिक्षकहरुको सहभागिता रहेको २ दिने कार्यक्रमको सहजिकरण प्रशिक्षकद्धय सुनिल देवकोटा र बाबुराम पंगेनीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय