पाल्पा, असार १७
बिश्व खेलकुद पत्रकार दिवसका अवसरमा तानसेनमा खेलकुदको अवस्था र सम्भावना बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार तानसेनमा नेपाल खेलकुद पत्रकार मन्च पाल्पाले आयोजना गरेको कार्यक्रममा पाल्पामा खेलकुदको बिकासको लागी सरोकारवाल निकायले चासो र चिन्ता ब्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाले केही समय अगाडी टुडिखेल मैदानमा भएको फुटबल प्रतियोगिता आफ्नो जीबनमा पाल्पामा सबैभन्दा उत्कृष्ट ब्यबस्थापन भएको पाएको बताउनुभयो । आर्थिक अभाबकै कारण पनि पाल्पाले उत्कृष्ट कार्यक्रम गर्न सक्छ भन्ने प्रमाणित गरेको बताउनुभयो ।
प्रमुख अतिथि रानाले खेलकुद गतिविधिबाट प्रत्यक्ष लाभ लिने निकाएले खेलकुदको बिकासका लागी केही सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले खेलकुदको बिकासका लागि पाल्पालीहरु नै सक्रियताका साथ लाग्नुपर्ने बताउनुभयो । उहाँले जिल्लामा खेलकुदमा हरेक बर्ष २० करोड भन्दा बढी लगानी भएको भएपनी त्यसको प्रतिफल राम्रो आउन नसकेको बताउनुभयो ।
मन्चका पुर्व सल्लाहकार भरत शर्माले खेलकुद पत्रकार मंच पाल्पाले सुरुका दिनमा निकै राम्रो भएको बताउदै पत्रकार बीच ब्याट्मिन्टन प्रतियोगिता भएको स्मरण गर्नुभयो । उहाँले पाल्पामा फुटबल, भलिबल जस्ता खेलले नेपालमै उत्कृष्ट स्थान हासिल गर्न सफल भएको बताउनुभयो । सल्लाहकार शर्माले पाल्पामा खेलका लागी एकेडेमीको अभाबका रहेको बताउनुभयो । उहाँले जग्गा अभाबले रंगशाला निर्माण गर्ने अवसर बाहिरी जिल्लामा गएको बताउनुभयो ।

जिल्ला खेलकुद बिकास समितिका पुर्ब अध्यक्ष करुणा काफ्लेले बिगतमा पाल्पा खेलकुद क्षेत्रमा निकै अब्बल रहेको बताउनुभयो । उहाँले हाल खेलकुदमा जिल्लाले पुरानो शाख गुमाएको बताउनुभयो । उहाले अन्य जिल्ला खेलकुदमा धेरै अगाडि बढदा पाल्पाले उल्लेखिय प्रगति गर्न नसकेको बताउनुभयो । जिल्लामा खेलका पुर्बाधरको अबस्था दयनीय अबस्था छ, । खेलकुदको अबस्था बिकासका लागि सरकारले विशेष लगानी गर्नुपर्ने अवस्था छ उहाँले भन्नुभयो।
एन्फा पाल्पाका अध्यक्ष प्रणय बिरजंग राणाले पाल्पामा सबै सम्भावना रहेको बताउदै आर्थिक स्रोत मुख्य समस्या रहेको बताउनुभयो । उहाँले मौसमको हिसाबले पाल्पा निकै राम्रो रहेको भन्दै केही समय अगाडि भएको फुटबल प्रतियोगिताले यसको पुष्ठि गरेको बताउनुभयो । खाडी मुलुकले खेलकुदका गतिविधि गर्दा पाल्पा मौसमले साथ दिएको ठाउँ हो । जिल्लामा खेलकुदमा आर्थिक लगानी नहुनु दुस्खद पक्ष रहेको उहाँ गुनासो गर्नुभयो । उहाँले पाल्पाको खेलकुद बिकासका लागि सबै पक्षले सहयोग हुनु पर्ने धारणा राख्नुभयो ।
नेपाल प्रेस युनियन पाल्पाकी अध्यक्ष मन गैरेले केही समय अगाडि सम्पन्न फुटबल प्रतियोगिताले पाल्पालाई खेलकुदमा केही सकारात्मक सन्देश दिएको बताउदै युनियनले खेलकुदको क्षेत्रमा सघाउन तयार रहेको बताउनुभयो । प्रेस युनियनका लुम्बिनी प्रदेश लेखा समिति सम्योजक मुक्ति न्यौपानेले पाल्पा खेलकुदको अधिक संभावना भएको जिल्ला भएकाले तिनै तहको सरकारले लगानी गर्नुपर्ने धारणा राख्नुभयो । उहाले पत्रकारलाई खेलकुद बिटमा समाचार लेख्न प्रेरित गर्ने बिश्वास गर्नुभयो ।
प्रेस चौतारीका केन्द्रिय सदस्य मिलन बिकले खेलकुदले ब्याक्तीलाई स्वास्थ र अनुशासनमा राख्न खेलकुदको भुमिका हुने भएकाले त्यस तर्फ ध्यान दिनुपरेको बताउनुभयो । उहाँले जिल्लामा खेल महोत्सव आयोजना गर्नुपर्ने बताउनुभयो । जिल्लाका खेलाडीले राम्रो खेल्दै गर्दा बिश्वलाई नै त्यसले गर्व गर्ने अबस्था आउने बताउनुभयो ।
कार्यक्रममा समाजबादी प्रेस संगठन पाल्पाका अध्यक्ष पदम गैरेले शुभकामना ब्यक्त गर्नुभयो । कार्यक्रम कृष्ण कार्कीको स्वागत मंचका जिल्ला अध्यक्ष माधब अर्याल अध्यक्षता र संचालन कमल अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय