latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

सुशीला रेग्मी
रामपुर(पाल्पा), १६ असार
लायन्स क्लव अफ रामपुर पाल्पाको पद हस्तान्तरण कार्यक्रम भएको छ । होटल नमस्ते पाल्पामा एक कार्यक्रम गरी वर्ष २०२३÷२०२४ का लागि पद हस्तान्तरण गरिएको छ । लायन्स क्लव अफ रामपुरका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव अफ रामपुरका संस्थापक अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले यस संस्था बिशुद्ध मानवीय सेवा गर्ने संस्था भएको बताउनुहुदै स्थापना देखि रामपुर क्षेत्रमा विभिन्न सामाजिक तथा मानवीय क्षेत्रमा काम गरेको बताउनुभएको छ । संस्था स्थापनाका समय कोभिड १९ को सङ्क्रमणका बाबजुद पनि राहत वितरण, रक्तदान कार्यक्रम, कालीगण्डकी आँखा उपचार केन्द्रसंग समन्वय गएर आँखा जाँच लगायतका कामहरु गरेको बताउनुहुदै संस्थापक अध्यक्ष ढकालले अबपनि समाजमा देखिने गरी काम गर्न क्लवमा आबद्ध सदस्यलाई सुझाव दिनुभएको छ ।
लायन विष्णुमाया ढकालले राष्ट्रिय झण्डा अभिवादन गरेर कार्यक्रमको सुरुवात गर्नुहुदै पाल्पाको रामपुरमा लायन्स क्लव जन्मेर समाजमा गरेको सकारात्मक कार्यले यसप्रति नागरिकले केही रचनात्मक कार्यको अपेक्षा गरेको हुदा सोही अनुसार सामाजिक तथा मानवीय सेवामा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सन् २०२३ र २०२४ का लागि लायन्स क्लव रामपुरको अध्यक्षमा खिमनारायण काफ्लेलाई क्लवका अध्यक्ष विष्णुप्रसाद बस्यालले पद हस्तान्तरण गर्नुहुदै आफु जिम्मेवारीबाट बाहिर भएपनि संस्थाका गतिबिधिमा सक्रिय रुपमा लाग्ने बताउनुभएको छ । अध्यक्षको जिम्मेवारी लिनुभएका काफ्लेले संस्थापक तथा पूर्व अध्यक्ष सबैको साथ सहयोग लिएर संस्थालाई चलायमा र गतिशिल बनाएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
क्लवका पूर्व अध्यक्ष खिमबहादुर क्षेत्रीले स्वागत गर्नुभएको कार्यक्रममा रामपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष दोवराज तिवारी, क्लवका पूर्व अध्यक्ष दुर्गाप्रसाद भट्टराईले संस्थाले सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा धेरै कुरा सिक्ने अवसर दिलाएको बताउनुभएको छ । कार्यक्रमको अवसरमा लायन्स क्लवको नयाँ सदस्यता लिनुभएका राजेन्द्र बास्तोला, कमल पाण्डेयलाई स्वागत गरिएको छ । कार्यक्रमको संचालन संस्थाका सचिव गोविन भट्टराईले गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय