latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

पाल्पा, असार १४ (रामपुर)

बर्षौँ देखि पिठ्युमा पानी बोकेर पानी खाँदै आएका रामपुर ३ बोटेगाँउका स्थानीयको पानी बोक्नु पर्ने बाध्यता हटेको छ । गाँउमा खानेपानी आयोजना सम्पन्न भएर आँगनमै पानीको धारा बने पछि बोटेगाँउका स्थानीयको पानी बोक्नु पर्ने बाध्यता हटेको हो । गण्डकीढिक बोटेगाँउ खानेपानी आयोजना सम्पन्न भए संगै स्थानीयको घण्टौँ लगाएर खानेपानी बोक्नु पर्ने समस्या टरेको छ । रामपुर नगरपालिकाको १० लाख रुपैयाँ र जनसहभागिता १ लाख ७६ हजार ८ सय रुपैयाँ गरि जम्मा ११ लाख ७६ हजार ८ सय रुपैयाँको लागतमा टंकी र १० वटा धारा निर्माण कार्य सकिए संगै खानेपानीको समस्या समाधान भएको हो ।

बुधबार खानेपानी आयोजनाको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले जनताको आधारभुत आवश्यकतालाई प्राथमिकतामा राखेर अगाडी बढेको बताउनुभयो । जनताको आवश्यकतालाई केन्द्रमा राखेर नगरको योजना सञ्चालन गरिएको बताउनुभयो । नगरबासीलाई आवश्यक खानेपानी , विद्युत , स्वास्थ्य र शिक्षा नगरबासीको अपरिहार्य आवश्यकता भएको भन्दै सोही आवश्यकता परिपूर्तिका लागि प्रतिबद्ध भएर लागेको बताउनु भएको छ । नगर प्रमुख थापाले जनताले आफ्नो आवश्यकता र चहानालाई मध्येनजर गरेर जुझारुका साथ काम गरे नगरको विकासले सार्थकता पाउने बताउनुभयो । थोरै बजेट र छोटो समयमा छिटो काम सम्पन्न गरेकोमा उपभोक्ता समितिलाई धन्यवाद दिंदै यसको दिगोपनाका लागि सबै उपभोक्ता लाग्न आग्रह गर्नुभयो ।  उहाँले नगरपालिकाले एक घर एक धाराको अभियानलाई अगाडी सारेको बताउँदै यसका लागि आवश्यक बजेट विनियोजन गर्ने बताउनुभयो । अहिले बोटेगाँउमा १० वटा मात्रै धारा निर्माण भए पनि सवै घरमा धारा निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्ने घोषणा गर्नुभयो । साथै उहाँले खानेपानीको आवश्यकता पुरा गर्नका लागि स्थानीयले देखाएको लगनशिलता र मेहेनतको प्रशंसा समेत गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँणले सहज रुपमा स्वच्छ खानेपानी पिउन पाउनु नागरिकको नैसर्गिक अधिकार भएको भन्दै यसका लागि रामपुर नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । एक घर एक धारा भन्ने नेपाल सरकारको नीति अबलम्बन गरेको अवस्थामा यसका लागि नगरपालिकाले पनि प्रयत्न गरिरहेको बताउनुभयो । यस्तै रामपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष दामोदर पाठकले वडाबासीको आधारभूत आवश्यकता पुरा गर्नका लागि वडा र नगरपालिका संगै सवै तह विचको समन्व्य आवश्यक पर्ने बताउनु भएको छ । कार्यक्रममा नेपाली काँग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईले जनताको आधारभुत आवश्यकता पुरा गरि नगरको विकासको लागि कुनै आग्रह पूर्वाग्रह विना सबै लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिका नगरपालिकाका सल्लहाकार उमनाथ अर्याल , वडा नं. ३ का पूर्व वडा अध्यक्ष दिनेश कुमार खनाल , नेपाली काँग्रेस रामपुर ३ का सभापति प्रकाश ज्ञवाली , समाजसेवि बोधराज सुवेदी लगाएतले रामपुर नगरपालिकाको सहयोग र स्थानीयबासीको सक्रियतामा खानेपानी योजना सम्पन्न भए संगै यसको संरक्षण र दिगोपनाका लागि उपभोक्ता लाग्नु पर्ने बताउनुभयो ।

बोटेगाँउ गण्डकीढिक खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष केशव बोटेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समितिका सदस्य तारा बोटेको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन सीता माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद खनालले गर्नु भएको थियो ।

आयोजना अन्तर्गत निस्दी खोला किनारमा ५ हजार लिटर बराबरको रिजर्व टंकीबाट २७ हजार लिटर क्षमताको टंकीमा लिफ्टिङ गरि गाँउका १० वटा धारा मार्फत खानेपानी वितरण गरिएको छ ।  निस्दी खोलाबाट पानी बोकेर खाँदै आएको बोटेगाँउमा खानेपानी आए पछि स्थानीय खुशी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय