latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, असार ९

तानसेन नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । १३ औ नगरसभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम पारित भएको हो ।

नगरसभामा नगरप्रमुखको तर्फबाट उपप्रमुख प्रतिक्षा सिंजालीले वार्षिक नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो । वडावडामा सार्वजनिक शाैचालय, ग्रीन तानसेन क्लीन तानसेन, जीपलाइन सञ्चालन, उत्कृष्ठ पत्रकारिता पुरस्कार, विद्यालय दीवा खाजामा थप ५ रूपैयाँ, जस्ता नयाँ विषयहरू थप गरिएकाे छ । यस्तै विपद् पूर्वतयारीदेखी, कृषि र पर्यटन क्षेत्रको विकास, स्वरोजगार, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानीकाे उचित प्रबन्ध, फाेहाेरमैला व्यवस्थापन लगायता विषयहरू समेटिएका छन् ।

उपप्रमुखद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा नगरसदस्य गीता भट्राईले तानसेनको खानेपानी समस्या समाधानका लागी नगरसरकार हस्तक्षेपकारी भुमिकामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । नगर सदस्य माधब बस्यालले सामुदायिक शिक्षाको गुणस्तर कायम गर्न सरकारी कर्मचारीहरुले आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउने बातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । नगरसदस्य अमर रानाले कृषक हितका कार्यक्रम मार्फत अघि बढ्न आग्रह गर्दे ग्रामिण क्षेत्रका वडाहरुलाई आगामी बजेटमा प्राथमिकता दिन अनुरोध गर्नुभयो ।

नगरसदस्य गोमा गैरेले जनप्रतिनिधिहरुको क्षमता बिकास गर्ने कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिनुभयो । नगरसदस्यहरु रेखा बिष्ट र हरी बहादुर थापाले खानेपानी र फोहोर ब्यवस्थापनको कार्यक्रमलाई प्रभावकारी रुपमा काम गर्न आग्रह गर्नुभयो । नगरसदस्यहरु बिमला बौडेल, कर्णबहादुर रेश्मी, कमल दर्लामी र राधिका थापाले हरेक कामकारवाही जनताले महशुस हुने गरी सम्पन्न गर्न आग्रह गरे । विकास निर्माण र सामाजिक कार्यहरुलाई वडा तहदेखि नै प्रभावकारी रुपमा सम्पन्न गर्न सवै एक ठाउमा उभिनुको विकल्प नभएकोमा बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय