latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

जिल्लाकाे रैनादेवी छहरा गाउँपालिकाको  १४ औ गाउँसभाले सभाका गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतका साथ पारित भएको गरेकाे छ। शुक्रवार देखी गाउँपालिकाल सभाहलमा शुरु भएको गाउँसभामा अध्यक्ष भट्टराईले आगामी बर्ष २०८०/८१ को लागी निती तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नीती तथा कार्यक्रममा कृषि तथा पशु,स्वास्थ्य, गुणस्तरीय शिक्षा,स्थानीय कला संस्कृतीको संरक्षण जस्ता बिषयलाई प्राथमिकता दिइएकाे छ । चालु आर्थिक बर्षमा शुरु भएको गुल्मी, अर्घाखाची र रुपन्देही जिल्ला जोड्ने सडक निर्माण लाई निरन्तरता, १५ शैयाको अस्पताल निर्माण, छहरा स्वास्थ्य चौकीमा आकस्मिक सेवा संचालन, एक वडा एक गौरवको आयोजना, विधालय नर्सिंङ कार्यक्रम विस्तार , एसइइ उत्रिर्ण गरिव जेहेन्दार विधार्थीहरु लाई प्राविधिकर धारको अध्ययनमा छात्रबृत्ति, कक्षा ८ माथीका छात्राहरुलाई आत्मरक्षा तालिम, छात्राहरु लाई विधालयमै निशुल्क प्याडको व्यबस्था  जस्ता कार्यक्रम निती तथा कार्यक्रममा समेटिएका छन ।

महिलाको सिप क्षमता तथा नेतृत्व विकास गर्ने, गर्भवती महिलाको लागी आमा सुरक्षा र नवजात शिसुको पोषण कार्यक्रम, ७५ बर्षभन्दा माथिका जेष्ठ नागरिकहरुको लागी घरमै सामाजिक सुरक्षा कार्यक्रम र विश्राम स्थल निर्माण,  कटौजेपानी खेलमैदान लाई थप स्तरउन्नती गर्दै जाने, अध्यक्ष कप तथा वडा स्तरमा विभिन्न खेलकुद प्रतियोगिता गर्ने, वडा वडामा आवश्यकता अनुसार खेलमैदान निर्माण गर्ने, कृषि तथा पशुपंक्षी तर्फ एक घर एक करेसावारी, तरकारी उत्पादनमा आत्मनिर्भर, कृषि पकेट क्षेत्र, सामुहिक रुपमा व्यबसायिक खेती, बाझो जमिनमा सामुहिक करार खेती, रैथाने वाली तथा विउ संरक्षण, कृषि एम्वुलेन्सको व्यबस्था, पालिका लाई मासु, अण्डा, दुध र तरकारीमा आत्मनिर्भर निति तथा कार्यक्रममा समेटिएको छ ।

अध्यक्ष भट्टराईले पेश गरेको निती तथा कार्यक्रममा सहकारी तथा वित्तिय क्षेत्र, उधोग तथा पर्यटन, पुर्वाधार विकास, भवन तथा आवास सहरी विकास, सिंचाई उर्जा तथा विधुत, सूचना तथा संचार, वन वातावरण तथा विपद, सशासन तथा संस्थागत विकास जस्ता विषयबस्तु समेटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय