latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), असार ९
आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रमका लागि रामपुर नगरपालिकाले राय सुझाव सङ्कलन कार्यक्रम गरिरहेको छ । शुक्रवार नगरपालिकाले नगरमा क्रियाशिल विभिन्न राजनैतिक दल, पत्रकारसंग राय सुझाव सङ्कलन गरेको छ । नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

नगर प्रमुख थापाले आगामी नीति तथा कार्यक्रमबारे जानकारी गराउनुभएको छ । उहाँले आगामी आर्थिक वर्षलाई आर्थिक बृद्धिदरको वर्षको रुपमा काम गर्ने बताउनुहुदै अहिले साढे पाँच करोड बराबरको राजश्व उठाउने र आगामी हिउँदे अधिवेशनमा बढाएर १५ लाख पु¥याउने लक्ष्य रहेको बताउनुभएको छ । रामपुर नगरलाई राम्रो बनाउन सरोकारवाला सबैसंग राय सुझाव सङ्कलन कार्य गरिरहेको र सोही अनुसार आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने नगर प्रमुख थापाले बताउनुभएको छ । कार्यक्रममा सहभागीले नगरको विकास, पर्यटन, फोहोरमैला व्यवस्थापन, कृषि, स्वास्थ्य, शिक्षा, रोजगार, वस्ती विकास, शहर व्यवस्थित, नगरको विकासका लागि दिर्घकालिन योजना लगायतका विषयमा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममा समावेश गर्न सुझाव दिनुभएको छ ।

कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले गर्नुभएको हो । नगरपालिकाले आगामी नीति तथा कार्यक्रमका लागि सरोकारवालासंग छलफल तथा अन्तक्र्रिया गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय