latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), ५ असार
रामपुर नगरपालिका ९ स्थित मधुकोटका आगलागी पिडित परिवारलाई राहत प्रदान गरिएको छ । नेपाल मगर महिला संघ केन्द्रिय कार्यसमितिले टेवा नेपालको सहयोगमा पिडित परिवारलाई खाद्यान्न, पकाउने भाँडा, झुलसहित ओढ्ने ओछ्याउने कपडा लगायतका सामग्री वितरण गरिएको छ ।
मधुकोटका पाँच घरपरिवारलाई सोमवार राहत सामग्री गाउँमै पुगेर उपलब्ध गराइएको छ । गत वैशाख २६ गते यहाँका दलबहादुर साठीघरे, ऐतुराम साठीघरे, खेमबहादुर साठीघरे र लोकबहादुर साठीघरेको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट भएपछि पिडित परिवार हाल छिमेकी र नजिकैको विद्यालयमा आश्रय लिदै आइरहेका छन् ।
नेपाल मगर महिला संघले लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठ र रामपुर नगरपालिका ९ का वडाध्यक्ष डिलबहादुर राना मार्फत राहत सामाग्री वितरण गरेको हो । प्रदेश सभा सदस्य श्रेष्ठले आगलागी पिडित परिवारलाई लुम्बिनी प्रदेश सरकारमार्फत पनि आवश्यक राहतको लागि पहल भइरहेको बताउनुभयो । वडाध्यक्ष रानाले राहत वितरणलाई व्यवस्थित गर्न वडाले एकद्वार प्रणालीबाट राहत सङ्कलन र वितरणको व्यवस्था गरेको जानकारी दिनुभयो ।
नेपाल मगर महिला संघ केन्द्रिय समितिका अध्यक्ष हिरुसरा राना मगरले संघले यस अघि हङकङमा बसोबास गर्ने नेपालीहरुको सहयोगमा राहत वितरण गरेकोमा अहिले टेवा नेपाल मार्फत थप राहत प्रदान गरिएको बताउनुभयो । उहाँले यस अघि छुटेका अत्यावश्यक सामाग्री प्रदान गरिएको बताउनुभयो । गत वैशाख २४ गते रामपुर–२ भलायटार बस्ने आगलागी पिडित टिकाराम थापाको परिवारलाई पनि संघले सामग्री हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय