latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), ५ असार
सीताराम स्काउट रामपुर नगरपालिका वडा नं ४ पाल्पाले ७२ औँ स्काउट स्थापना दिवस कार्यक्रम मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिका शिक्षा अधिकृत विकल काफ्ले रहनुभएको । उहाँले स्काउट सम्बन्धी ईच्छा र चाहाना राख्ने अन्य विद्यालयमा पनि स्काउटका गतिविधि संचालन गरेमा अति प्रभावकारी हुने बताउनुभएको छ ।

आगामी कार्यक्रममा नगरबाट स्काउटका लागि विभित्र कार्यक्रम राख्ने नगर शिक्षा अधिकृत काफ्लेले बताउनुभएको छ । कार्यक्रममा पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रअ बुद्धिप्रकाश रेग्मी, विद्यालयका प्रधानाध्यापक हरिप्रसाद अधिकारी, स्काउट सदस्य शिक्षक अस्मिता ढकाल, स्काउट ट्रुप लिडर विद्यार्थी सुस्मिता नेपाली लगायतले बोल्नुहुदै स्काउटले विद्यार्थीलाई अनुशासन, जोखिम कसरी समाधान गर्ने लगायतका विषयमा धेरै कुरा सिक्ने अवसर रहेको बताउनुभएको छ । विद्यार्थीले स्काउट सम्बन्धी साँस्कृतिक प्रस्तुति देखाएको कार्यक्रमको संचालन स्काउट शिक्षक सरस्वती श्रेष्ठले गर्नुभएको हो ।

रामपुर नगरपालिकाभित्र सामुदायिक विद्यालयमा सीताराम माविमा पहिलो स्काउट समूह स्थापना भई स्काउट सम्बन्धी गतिविधि भईरहेका छन् । गत असार २ गतेबाट सुरु भएको कार्यक्रम आज विविध कार्यक्रम सहित समापन गरिएको हो । केलादीमा बसोबास गर्ने ज्येष्ठ नागरिकलाई फलफूल वितरण, विद्यालयमा हाजिरीजवाफ प्रतियोगीता, वृक्षारोपण लगायतका कार्यक्रम गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय