latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), ५ असार
रामपुर नगरपालिका वडा नं ५ को आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति कार्यक्रम तथा योजना तर्जुमा सम्बन्धी वडा सभा सम्पन्न भएको छ । वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलको अध्यक्षतामा वडा सभा भएको हो । वडाध्यक्ष पोखरेलले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमबारे सभामा जानकारी दिनुभएको छ । वडा सभाका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठ रहनुभएको हो । प्रदेश सभा सदस्य श्रेष्ठले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाएर विकासको काम गर्ने र वडाले पनि सोही अनुसार योजना बनाएकोमा अबका दिनमा विकासका कामहरु देखिने बताउनुभएको छ । रामपुरको ५ नम्वर वडा नगरको केन्द्रमा रहेकाले विकास निर्माणलाई जोड दिदै समग्र नगरको देखिने र जनताले अनुभुती गर्ने खालको काम अहिलेको आवश्यकता रहेको प्रदेश सभा सदस्य श्रेष्ठले बताउनुभयो । ठुला योजना संचालन गरेर बिचमै अलपत्र छाड्नुभन्दा साना योजनाबाट पनि प्रतिफल लिन सकिने हुदा आत्मनिर्भर हुने गरी विकासको काममा प्रदेश सरकार र स्थानीय सरकारले मिलेर काम गर्ने उहाँको भनाई छ ।
कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, नेकपा एमाले वडा कमिटी अध्यक्ष मिनराज रेग्मी, नेपाल महिला संघका केन्द्रिय सदस्य पवित्रा पौडेल ढकाल, सावित्रा गौतम लगायतले बोल्नुहुदै रामपुरको वडा नं ५ नगरकै मुख्य भागमा रहेकोले विकास निर्माणका कामलाई नमुना, वडाको आवश्यकताका आधारमा कार्यक्रम छनौट गरी काम गर्न सुझाव दिनुभएको छ । कार्यपालिका सदस्य माया नेपालीले स्वागत र युवराज शाहीले धन्यवाद दिनुभएको कार्यक्रम निर्माणाधीन रामजानकी मन्दिरमा भएको हो । वडासभामा जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य संघ, टोल विकास समिति, पत्रकार, विद्यालयका प्रअ तथा शिक्षक प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी लगायतको सहभागीता रहेको थियोे । कार्यक्रमको संचालन वडा सदस्य नरेन्द्रकुमार जर्घा र वडा सचिव रजनी भण्डारीले गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय