latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा, एक महिने निशुल्क लोकसेवा आयोग तयारी कक्षा बुधबार रामपुर पाल्पामा सम्पन्न भएको छ । लोक सेवा आयोगमा अभिरुची राख्ने र परिक्षाको तयारीमा रहेका विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गरी सञ्चालन गरिएको कार्यक्रम बुधबार एक कार्यक्रमका विच समापन गरिएको छ ।

समापन कार्यक्रममा बोल्दै निजामती सेवा मार्फत जनताको सेवा गर्न ईच्छुक विद्यार्थीहरुलाई आधार स्तम्भ निर्माणका लागि कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । साथै उत्साह र मेहनतका साथ अध्ययन गरेर लोक सेवा आयोगको परिक्षामा उत्तिर्ण गरि निजामती सेवामा लाग्न आग्रह गर्नुभयो । आगमी दिनमा पनि विद्यार्थीहरुको माग र आवश्यकतालाई मध्यनजर गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस्तै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले लोक सेवा आयोगको सामान्य आधारभुत ज्ञान बारे जानकारीका लागि कक्षा सञ्चालन गरिएको भन्दै निजामती सेवामा प्रवेशका लागि अझ मेहनतका साथ अध्ययन गर्न आग्रह गर्नुभयो ।

रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँणले निजामती सेवामा काम गर्ने यस क्षेत्रको कर्मचारी रहेको बताउँदै यसका लागि नगरपालिकाले थप कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले पछिल्लो समय विद्यार्थीहरु बैदेशिक रोजगारीमा जानु भन्दा लगनशिलताका साथ अध्ययन गरेर निजामति सेवा मार्फत जनताको सेवामा लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा शहिद बहुमुखी क्याम्पस स्ववियू उपसभापति दर्पण सोति , सहभागि विद्यार्थी प्रतिक्षा पोखरेलले बोल्दै नगरपालिकाले निशुल्क रुपमा लोक सेवा आयोग तयारी कक्षा सञ्चालन गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको संचालन रामपुर नगरपालिकाका प्रेस सल्लहाकार दानु हिस्की मगरले गर्नु भएको थियो । तयारी कक्षामा नगर भित्रका करिब ७० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय