latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), ३१ जेठ

रामपुर नगरपालिका वडा नं ७ को आयोजनामा नगर यातायात गुरुयोजना निर्माण सम्बन्धी छलफल कार्यक्रम भएको छ । वडाध्यक्ष दोवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रम अल्फा डिजाईन एण्ड डेप्लभमेण्ट प्राईभेट लिमिटेडका परामर्शदाता प्राविधिक अनुराग जोशिले सहजिकरण गर्नुभएको हो । जोशिले अहिलेको सडकको मापदण्ड, विकास निर्माणको दिगो व्यवस्थापनका विषयमा सहजिकरण गर्नुभएको छ । अब घर तथा भवन निर्माण गर्नेले न्युनतम छ मिटरसम्मको बाटोको मापदण्ड अनुसार बनाउनुपर्ने जानकारी दिइएको छ । कार्यक्रमको संचालन वडा सचिव गिता पौडेलले गर्नुभएको हो ।

वडाध्यक्ष तिवारीले अन्धाधुन्ध वजेट विनियोजन गरेर गरिएको विकासले गति लिन नसक्ने भएको हुदा गुरुयोजना अनुसार काम गरेपछि विकास निर्माणको कामले तिव्रता लिने बताउनुभएको छ । कार्यक्रममा टोल विकास संस्था, सामुदायिक वन, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, समाजसेवि लगायतको सहभागीता रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय