latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, जेठ ३१
नेपाल प्रेस युनियन पाल्पाले प्रकाशन गर्दै आएको श्रमजीबी बुलेटिन सार्वजनिक गरेको छ । युनियन पाल्पाको नवौं जिल्ला अधिबेशन पछि नयाँ कार्यसमितीले बुधबार एक कार्यक्रमका बीच बर्ष १० अंक १ सार्वजनिक गरेको हो ।
सार्वजनिक कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस पाल्पाका कार्यबाहक सभापती झपेन्द्र गहिरेले नेपाल प्रेस युनियनको संस्थागत बिकासका लागी आफ्नो पहल हुने बताउनुभयो । उहाँले युनियन आर्थिक रुपमा बलियो भयो भने अन्य रचनात्मक क्रियाकलपहरु गर्न सजिलो हुने धारणा राख्नुभयो ।

कार्यक्रमका बिशिष्ठ अतिथी प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधब अर्यालले पत्रकार राहात कोष स्थापना गरि पत्रकारको सुरक्षा र भैपरी आउने समस्यालाई सानो भएपनि सहयोग हुने बताउनुभयो । उहाँले राहत कोषमा सहयोगको घोषणा गर्नुभयो । त्यस्तै राहतकोषमा अर्याल सहित प्रेस युनियन अध्यक्ष मन गहिरे, प्रेस युनियन पूर्ब सभापती झपेन्द्र गहिरे, रिक्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, रिक्दीकोट गाउँपालिका वार्ड नम्बर ३ का वार्ड अध्यक्ष नारायण केसी र रिक्दीकोट गाउँपालिका वार्ड नम्बर ८ का वार्ड अध्यक्षचुरा बहादुर छहरीले ब्यक्तिगत रुपमा कोषलाई रकम दिने घोषणा गर्नुभयो ।
कार्यक्रममा रिब्दीकोट गाउँपालिकाकी उपाध्यक्ष कान्ता अधिकारी, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, माथागढी गाउँपालिका अध्यक्ष यम चिदी, बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदी, पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापा, नेपाल पत्रकार महासंघका सचिब यज्ञमूर्ती तिमिल्सेना, पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्राई लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रम प्रेस युनियनका अध्यक्ष मन गहिरेको अध्यक्षता उपाध्यक्ष बिष्णु खनालको स्वागत र सचिब बिष्णु घिमिरेको संचालनमा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय