
पाल्पा, जेठ ३१
तानसेन रानीमहल सडक १६ दिन बन्द हुने भएको छ । भोली अर्थात जेठ ३२ गते देखि असार १५ गतेसम्म उक्त सडक बन्द हुने सडक पूर्वाधार बिकास कार्यालय पाल्पाले जनाएको छ । कार्यालयले एक सूचना जारी गर्दै तानसेन रानीमहल सडक अन्तरगत अवल भन्ने स्थानमा बाटो ढलान कार्यका लागी सडक बन्द गर्न लागिएको जनाएको छ ।
कार्यालयले उक्त अवधीमा बैकल्पिक सडकको रुपमा अर्गली छेर्लङ्ग रानिमहल र चिलाङ्गदी दैलातुङ्ग रानीमहल सडक प्रयोग गर्न अनुरोध गरेको छ ।


