latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा, जेठ ३१

भुस्याहा कुकुर बाट सर्न सक्ने प्राणघातक रेविज रोग नियन्त्रण तथा कुकुरको बढ्दो संख्या न्यूनिकरणका लागि पाल्पाको रामपुरमा २ दिने स्थायी बन्धयाकरण तथा रेविज भ्याक्सिन शिविर सुरु भएको छ । सामुदायिक कुकुर बाट पशु चौपाया संगै मानिसमा रेविज तथा अन्य प्राणघातक रोगको जोखिम बढ्न थाले पछि रामपुर नगरपालिकाको आर्थिक सहयोग र वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा नामक संस्थाको आयोजनामा सामुदायिक कुकुरहरुमा स्थायी बन्धयाकरण तथा रेविज भ्याक्सिनेसन शिविर सुरु भएको हो ।

कालिका माध्यमिक विद्यालय रामपुर नगरपालिका–४, देविस्थानमा सोमबार देखि शिविर सुरु भएको हो । शिविरको एक कार्यक्रमका विच शुभारम्भ गरिएको थियो । वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा संस्थाका अध्यक्ष  विपिन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी थापाले ककुर घरपालुवा जनावर भए पनि भुस्याहा कुकुरको कारण नगरमा आतंक फैलिरहेको बताउँदै रेविज तथा कुकर बाट सर्न सक्ने क्यान्सरको जोखिम न्यूनिकरणको लागि शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भुस्याहा कुकुरको संख्या वृद्धि हुँदै जाँदा कतिपय स्थानमा पशु चौपाया संगै मानिसलाई टोक्नुका साथै बालबालिकालाई लखेट्ने लगाएतका घटना हुँदै आएको छ । कुकुर बाट रेविज संगै क्यान्सर रोग सर्ने सम्भावना भएकाले यसको न्यूनिकरण र कुकुरको संरक्षण संगै संख्या नियन्त्रण गर्न स्थायी बन्ध्याकरण गर्न लागिएको हो ।”

रामपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर रानाले कुकुर नियन्त्रणको नगरले चालेको कदममा समुदायले देखाएको चासो प्रति आभार व्यक्त गर्नुभयो । पशुचिकित्सक डाक्टर अविनाश क्षेत्रीले विश्वमा सन २०३० भित्र रेविज मुक्त गर्न विश्वभर कार्यक्रम सञ्चालन भैरहेको सन्दर्भमा नेपालमा पनि प्रयास हुँदै आएको जानकारी दिनुभयो । कुकुर बाट रेविज रोग संगै गुप्ताङ्गको क्यान्सर सर्न सक्ने भएकाले रोकथामको लागि यस्ता शिविर आवश्यक रहेको बताउनुभयो । बन्ध्याकरण पश्चात कुकुर बाट रोग सर्न सक्ने सम्भावना न्यून हुनुका साथै कुकुर आक्रामक नहुने जानकारी दिनुभयो ।

रामपुर नगरपालिका पशु शाखा प्रमुख तुलसीराम काफ्लेले कुकुर आतंक नियन्त्रणको विकल्पमा शिविर सञ्चालन गरिएको बताउँदै विशेष गरी रामपुरको मुख्य बजार बेझाँड, किसानबारी, विजयपुर लगाएतका स्थानको कुकुरको बन्ध्याकरण गरिएको बताउनुभयो । वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा संस्थाका अध्यक्ष  विपिन भण्डारीले नेपालका विभिन्न स्थानमा संस्थाले सहकार्यमा शिविर सञ्चालन गर्दै आईरहेको बताउनुभयो । शिविरमा मंगलबार ४० वटा बढी कुकुरको बन्ध्याकरण गरिएको छ । शिविर बुधबार सम्म सञ्चालन हुनेछ । वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा संस्थाका पशु प्राविधिक कमल आचार्यको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन रामपुर नगरपालिका पशु शाखा प्रमुख तुलसीराम काफ्लेले गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय