हाइब्रिड स्कुटर रे जेडआर १२५ सार्वजनिक भएकाे छ। पाल्पाको लागि यामाहाको आधिकारी विक्रेता ज्ञानेन्द्र अटो वक्सले स्मार्ट मोटर जेनेरेटरसहितको २ लाख ७९ हजार ९ सय देखि २ लाख ९९ हजार ९ सय मूल्य पर्ने स्कुटर सार्वजनिक गरेकाे हाे ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले नयाँ रे जेडआरको सार्वजनिक गर्दै ग्राकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सहज र सुरक्षित यात्राका लागि सहज हुने स्कुटर पहाडि जिल्लामा उपयाेगी रहेकाे बताए । युवाहरुलाई रोजगारीमा समय व्यवस्थापन गर्ने स्कुटर सहयाेगी बन्ने भएकाेले आत्मानिर्भरको दिशामा अगाडि बढ्न प्रेरणा मिल्ने बताए ।

ज्ञानेन्द्र अटो वक्सका एमडी विरेन्द्र काजी शाक्यले यामाहा सदा आफ्ना ग्राहकलाई भावि प्रविधिको अनुभव गराउने प्रयासरत रहेको बताए । उनले ग्राहकहरुको मागलाई मध्यनजर गर्दै विभिन्न समयमा नयाँ–नयाँ स्कुटर तथा बाईकहरु ल्याउदै आएको र आगामी दिनमा पनि त्यस्ता सेवा र योजनाहरुलाई निरन्तरता दिदै जाने प्रतिवद्धता व्यक्त गरे ।

पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले गरिब, विपन्न र सबै वर्गका नागरिकहरुलाई लक्षित गरी ज्ञानेन्द्र अटोले मोटरसाइकल र स्कुटरको सेवा प्रदान गर्दै आएकोमा खुसी व्यक्त गरे । वक्सले व्यवसायिक प्रतिष्ठानको प्रचार–प्रसारमा जिल्लाका सञ्चारमाध्यमलाई समेत प्राथमिकतामा राखेको उनले बताए ।

कार्यक्रममा यामाहा लुम्बिनी प्रदेशका सेल्स म्यानेजर सुवास देवकोटाले  सुरुमा पिकअप लिँदा इञ्जिन र ब्याट्री पावर दुवै प्रयोग हुने हाइब्रिड प्रविधिको स्कुटर रहेको बताए । पहिलेको तुलनामा यो स्कुटरको माइलेज समेत बढी रहेको बताए । ज्ञानेन्द्र अटोका सेल्स म्यानेजर विवेक काजी शाक्यले  पहिलो हाइब्रिड स्कुटर रे जेडआर १२५ लन्च गर्न पाएकोमा खुसी व्यक्त गर्दै ग्राहकलाई अत्याधुनिक उत्पादन उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । सो स्कूटरको मूल्य २ लाख ७९ हजार ९ सय देखि  २ लाख ९९ हजार ९ सय  रहेको बताए । स्कुटर स्ट्याण्डर्ड, डिलक्स, प्रिमियम र प्रिमियम प्लस गरी चार ट्रिममा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

स्कुटरमा आइडियल स्टार्टस्टप टेक्नोलोजीको प्रयोग गरिएको छ भने पावर एसिस्ट प्रयोग गरिएकाले उकालो बाटोमा चलाउँदा पनि ठूलो आवाज आउँदैन । स्कुटरमा एफआई ब्लुकोर इञ्जिन रहेको छ भने हाइब्रिड भेरियन्टले स्मार्ट मोटर जेनेरेटरलाई गतिरोधको समयमा शक्ति सहायता प्रदान गर्छन् । १४५ एमएमको ग्राउण्ड क्लियरेन्स र ९९ केजीमात्रै तौल रहेको स्कुटरमा युनिफाइड ब्रेकिङ सिस्टम (युबिएस), साइड स्ट्याण्ड इञ्जिन कटअफ फङ्सन र २१ लिटर अण्डरसिट स्टोरेजलगायतका सुविधा रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय