latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

–सुशीला रेग्मी
रामपुर (पाल्पा), ३० जेठ

नियन्त्रणमा लिइएको अवैध रासायनिक मल (युरिया) राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । गत शनिवार (जेठ २७ गते) रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको ६५० बोरा अवैध मल फेला परेको थियो ।

सोमवार राजश्व अनुसन्धान अधिकृत सहित, करदाता सेवा कार्यालय पाल्पाका प्रमुख र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव निरिक्षक सहितको टोलीले रामपुरमा शिल गरेर राखेको मल अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । रामपुर ५ बेझाड स्थित विजय श्रेष्ठको घरमा (सटर भाडामा) प्रधानमन्त्री भारतीय जनउर्वरक परियोजना भारत युरिया नामक रासायनिक मल भण्डारण गरिएको थियो ।
विल तथा कागज पत्र र सम्बन्धित व्यक्ति फेला नपरेपछि रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापा सहितको सरोकारवालाको टोलीले शिल गरेर राखेको हो ।

हालसम्म भण्डारण गरेको सम्बन्धित व्यक्ति पहिचान नभएपछि सोमवार दिउँसो राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । प्रतिबोरा ४५ किलो बराबरको तौल छ । गत शनिवार विहान रम्भा गाउँपालिका १ हुँगीमा पनि अवैध रुपमा गाडीमा ल्याउँदै गरेको ३७२ बोरा युरिया मल प्रहरीले नियन्त्रणमा लिएर सोही दिन अनुसन्धानको लागि भन्सार कार्यालय पठाइसकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय