latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, अत्याधिक गर्मी बढेपछि पाल्पाको रामपुर नगरपालिकाले नगरभित्रका सम्पूर्ण शैक्षिक संस्थामा ५ दिन विदा दिएको छ । गर्मीका कारण विद्यालय संचालनमा कठिनाइ भएकोले विदा दिएको रामपुर नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

शिक्षा शाखाको जेठ २८ गतेको निर्णय अनुसार एक सूचना जारी गर्दै २०८० जेष्ठ २९ गते देखि असार १ गते सम्म रामपुर नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक, संस्थागत तथा मन्टेश्वरीहरुमा विदा दिने निर्णय गरेको हो । रामपुर नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्ले द्धारा जारी सूचनामा हाल नेपालमा अत्याधिक गर्मी बढेको र त्यसको प्रभाव रामपुर नगरपालिकामा पनि परेकोले विद्यालय सञ्चालनमा कठिनाई संगै विद्यार्थीको स्वास्थ्यमा असर परेको भनी विभिन्न विद्यालय, अभिभवक बाट गुनासो आएको तथा नेपाल विद्यार्थी संघ रामपुर पाल्पा र अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन रामपुर पाल्पाबाट समेत ज्ञापन आएको हँुदा बर्षेरहिउदे विदामा मिलान हुने गरी विदा दिइएको बताईएको छ ।

साथै शिक्षा शाखाले तातो हावा तथा लू बाट बच्न सतर्कताका सुझावहरु सम्प्रेषण गर्न विद्यालयहरुलाई अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय