latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), २७ जेठ

पाल्पामा अवैध युरिया मल प्रहरीले बरामद गरेको छ । जिल्लाको रामपुर नगरपालिका र रम्भा गाउँपालिकाबाट एक हजार २२ बोरा अवैध मल प्रहरीले बरामद गरेको हो ।
रामपुर नगरपालिका ५ स्थित बेझाड बजारमा विजय श्रेष्ठको चारतले घरको सटर कोठामा अवैध रुपमा भण्डारण गरी राखेको ६५० बोरा र रम्भा गाउँपालिका १ स्थित कालीगण्डकी करिडोर सडकखण्डमा प्रहरी चौकी हुँगीले तीन सय ७२ बोरा मल बरामद गरेको छ ।
रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्वमा रहेको उपभोक्ता हित संरक्षण समिति र प्रहरीले शनिवार दिउँसो अनुगमन गर्ने क्रममा मल फेला पारेको हो । केही दिन अघि देखि रामपुर ५ बेझाँड स्थित विजय श्रेष्ठको घरको पहिलो तलाकोा भाडाको सटर कोठामा मल भण्डारण गरेको अवस्थामा प्रधानमन्त्री भारतीय जनउर्वरक परियोजना भारत युरिया नामक रासायनिक मल ठूलो मात्रामा भेटिएको छ ।
ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले आशङ्का लागेको स्थानमा अनुगमन गर्ने क्रममा भण्डारण गरेर राखिएको पाइएको जानकारी दिनुभयो । सम्बन्धित व्यक्तिलाई नभेटेपछि ताला काटेर हेर्दा ६५० बोरा बढी मल फेला परेको देवकोटाले बताउनुभएको ।
अवैध रुपमा भण्डारण भएको युरिया मल अहिले जनप्रतिनिधि, सरोकारवालाहरुको रोहवरमा सटर कोठा शिल गरिएको छ । रामपुरमा ठूलो परिमाणमा अवैध मल फेला परेपछि जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापा सहितको टोलीले स्थलगत रुपमा अनुगमन गरेको छ ।
“अहिलेलाई शिल गरेर मल राखिएको छ, मल कसरी भित्रियो यसबारेमा प्रहरीले अनुसन्धान गर्नेछ, अवैध रुपमा ल्याएको पाइएमा सम्बन्धित व्यक्ति वा व्यापारीलाई कानुनी कारबाही हुनेछ” प्रहरी उपरिक्षक थापाले भन्नुभयो ।
यसैगरी नवलपरासीबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको लु १ ख ३८१ नम्वरको ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा शनिवार विहान भारतिय जनउर्बक परियोजना भारत युरिया नामक युरिया मल १६ हजार ७४० किलो अर्थात् ३७२ बोरा रु दुई लाख ९७ हजार छ सय मुल्य बराबरको विल नभएको मल भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सो मल, ट्रक र चालक सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ । ट्रकले पहिले चामलको बिल देखाएको र पछि अनुसन्धान गर्दै गर्दा युरियाको बिल फेला परेको हो । तर विलमा भने क्रेता र पान नं. फरक–फरक व्यक्तिको रहेको स्रोतले जनाएको छ । रामपुरमा ठूलो परिमाणमा भारतिय मल भित्रिएको आशङ्का पश्चात मल बिक्रेता विभिन्न सहकारीहरुको पनि अनुगमन गरिएको छ ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपाने, कृषि शाखा प्रमुख रामहरी पाण्डेय, रामपुर ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल सहित प्रहरी र पत्रकारहरुको उपस्थितिमा अनुगमन गरिएको छ । रासायनिक मल, त्यसका विल, आयात गर्ने व्यापारी लगायतका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय