latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

बिष्णु खनाल

पाल्पा, जेठ २७

पाल्पामा जेठ १५ गतेबाट जारी कर्णेल उजिरसिंह पाल्पा गोल्डकप उपाधी रोड्स रामपुर चितवनले जितेको छ । आज तानसेन टुडिखेल मैदानमा सम्पन्न फाइनल खेलमा होराइजन फुटबल क्लब स्याङ्जालाई २-० गोलले पराजित गर्दै उपाधी रोड्स रामपुर चितवनले जितेको हो ।

बिजेता चितवनले नगद तीन लाख र पाल्पाली करुवा पुरस्कार प्राप्त गर्यो । भने उपबिजेता बनेको स्याङ्जाले १ लाख ५० हजारमा चित्त बुझायो । फाइनल खेलको पहिलो हापको तेस्रो मिनेटमै रोड्स रामपुर चितवनका बिक्की चाम्लिङ राइले गोल गरे । दोश्रो हापको चौथो मिनेटमा पेनाल्टी मार्फत पुनः चितवनका बिक्की चाम्लिङ राइले नै गोल गरि टिमलाई जिताए । खेलमा स्याङ्जा र चितवन दुबै टोलीले धेरै पटक पोस्टमा प्रहार गरेपनी गोलमा परिणत हुन सकेन ।

फाइन प्रवेश गरेको न्यू होराइन फुटबल क्लब वालिङ स्याङ्जाले दी फेमस महिन्द्रा दल गण पाल्पालाई पराजित गरेको थियो भने रोड्स रामपुर चितवनले फोर्थ ब्याइज क्लब नवलपरासीलाई पराजित गर्दै फाइनल प्रबेस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय