latest
रासायनिक मलको उपयोग शून्य बनाउँछाैंः लुम्बिनी प्रमुख सचिव अधिकारी  ||    पाल्पा जेसिजद्वारा छात्राहरुलाई महिनावारीका सामग्री हस्तान्तरण  ||    अडान पाल्पाकाे अध्यक्षमा राधेश्याम ज्ञवाली निर्वाचित  ||    त्रिभुवन बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका घर्ति मगर बिजयी  ||    पाल्पाका दुबै क्याम्पसमा स्वबियु निर्वाचन शान्तिपूर्ण  ||    स्ववियु निर्वाचन लोकतान्त्रिक चुनावी अभ्यास होः कसम (शहिद क्याम्पस नेविसंघ उम्मेदवार)  ||    देशकै जेठाे क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन माहाेल तात्याे  ||    क्याम्पसकाे साख जाेगाउन प्रतिबद्द रहनेछाैंः नेविसंघ सभापति उम्मेदवार अर्याल  ||   
सोमबार , चैत्र १०, २०८१

बिष्णु खनाल

पाल्पा, जेठ २७

पाल्पामा जेठ १५ गतेबाट जारी कर्णेल उजिरसिंह पाल्पा गोल्डकप उपाधी रोड्स रामपुर चितवनले जितेको छ । आज तानसेन टुडिखेल मैदानमा सम्पन्न फाइनल खेलमा होराइजन फुटबल क्लब स्याङ्जालाई २-० गोलले पराजित गर्दै उपाधी रोड्स रामपुर चितवनले जितेको हो ।

बिजेता चितवनले नगद तीन लाख र पाल्पाली करुवा पुरस्कार प्राप्त गर्यो । भने उपबिजेता बनेको स्याङ्जाले १ लाख ५० हजारमा चित्त बुझायो । फाइनल खेलको पहिलो हापको तेस्रो मिनेटमै रोड्स रामपुर चितवनका बिक्की चाम्लिङ राइले गोल गरे । दोश्रो हापको चौथो मिनेटमा पेनाल्टी मार्फत पुनः चितवनका बिक्की चाम्लिङ राइले नै गोल गरि टिमलाई जिताए । खेलमा स्याङ्जा र चितवन दुबै टोलीले धेरै पटक पोस्टमा प्रहार गरेपनी गोलमा परिणत हुन सकेन ।

फाइन प्रवेश गरेको न्यू होराइन फुटबल क्लब वालिङ स्याङ्जाले दी फेमस महिन्द्रा दल गण पाल्पालाई पराजित गरेको थियो भने रोड्स रामपुर चितवनले फोर्थ ब्याइज क्लब नवलपरासीलाई पराजित गर्दै फाइनल प्रबेस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय