latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, जेठ २३

महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन सम्बन्धि समाचार र सामाजिक संजालमा भएको टिका टिप्पणी प्रति रामपुर नगरपालिकाले ध्यानाकर्षण जनाएको छ । नगरपालिकाले एक मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै केही संचार माध्यम र सामाजिक संजालमा वेरुजु रकमका सम्बन्धमा केही दिन देखि भई रहेको टिका टिप्पणी प्रति ध्यानाकर्षण जनाएको छ ।

महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा ६६ करोड ८० लाख ७ हजार रुपैयाँ वेरुजु लेखिएकोमा हाल सम्म नगरपालिकाको वेरुजु रकम ९ करोड असि लाख ७ हजार रुपैयाँ रहेको नगर प्रमुख रमण बहादुर थापाद्धारा हस्ताक्षरित विज्ञप्ति मार्फत जनाएको छ । “आर्थिक बर्ष २०७८७९ को महालेखा परिक्षकको प्रतिवेदन अनुसार हाल सम्मको अद्यावधिक वेरुजु रु ६६,८०,०७,०००।–(छैसठ्ठी करोड असि लाख सात हजार )भन्ने प्रतिवेदनमा लेखिएकोमा रामपुर नगरपालिकाको हालसम्मको अद्यावधिक यथार्थ वेरुजु रु ९,८०,०७,०००।– (नौ करोड असि लाख सात हजार) रहेको व्यहोरा सरोकारवाला तथा सर्वसाधारणका लागि जानकारी गराउदछौँ ”– विज्ञप्तिमा भनिएको छ ।

नगर प्रमुख थापाले नेपालको आर्थिक प्रशासनको मूल्य मान्यतालाई आत्मसाथ गर्दै आर्थिक सुशासन प्रवद्र्धनका लागि नगरपालिका सदैव तत्पर रहेको भन्दै वास्तविक तथ्य नखोजी कार्यालयको आर्थिक सुशासन प्रति गरिएको अनर्गल प्रचारको पछि नलाग्न सबैमा अनुरोध समेत गर्नु भएको छ । साथै महालेखा परिक्षकको कार्यालयको सम्पूर्ण तथ्य सहितको जानकारी सार्वजनिक गरिने जनाएको छ । विज्ञप्ति मार्फत नगर प्रमुख थापाले नगरपालिकाको वित्तिय कारोबारको शुद्धता , पारदर्शिता तथा विश्वसनीयता अभिवृद्धि गर्न सहयोग गर्न नगरबासीमा अनुरोध समेत गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय