latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, जेठ २१

शिक्षा विकास तथा समन्वय इकाई तानसेनमा नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्यसमिति पाल्पाले धर्ना सुरु गरेको छ । विद्यालय कर्मचारीलाई उचित पारिश्रमिकको व्यवस्था हुन नसकेको भन्दै विद्यालय कर्मचारीले धर्ना बसेर विरोध जनाएका हुन् ।

संघीय सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ मा उल्लेख भएको सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधाको व्यवस्था गरिने भन्ने कुराको बेवास्ता गरिएको विद्यालय कर्मचारी परिषद् पाल्पाका अध्यक्ष श्रीधर प्रसाद पाण्डेको भनाइ छ । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको निर्देशनअनुसार विरोधको कार्यक्रम सुरु गरिएको जिल्ला अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । धर्ना कार्यक्रम जेठ २६ गतेसम्म जारी रहने पाण्डेले बताउनुभयो ।

देशैभर विद्यालयमा कर्मचारीको दरबन्दी नभएको, अस्थायी, करार वा निजी स्रोतमा न्यूनतम पारिश्रमिक समेत नपाएको, पेशागत सुरक्षा र हकहित सुनिश्चित नभएको भन्दै विद्यालय कर्मचारी लामो समयदेखि आन्दोलित छन् । यसअघिको आन्दोलनका माग समेत पूरा नभएको भन्दै विद्यालय कर्मचारी आन्दोलित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय