latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३
सुशीला रेग्मी
रामपुर (पाल्पा) २१ जेठ
रामपुर साहित्यिक प्रतीष्ठानकाे अाठाै वार्षिक साधारण सभा तथा दाेश्राे अधिवेशन कार्यक्रम भएको छ । प्रतीष्ठानका अध्यक्ष बासुदेव ढकालकाे अध्यक्षतामा राधाकृष्ण मन्दिर रामपुर नगरपालिका वडा नं ५ मा कार्यक्रम भएको हाे । संस्थाका अध्यक्ष ढकालले संस्था स्थापना देखि हालसम्मका गतिविधिबारे जानकारी गराउनु भएको छ ।
रामपुर क्षेत्रमा लुकेर रहेका साहित्य श्रष्टाहरु संस्था गठन भएपछि संस्थागत रूपमा अगाडि बढेको र पछिल्लो समय साहित्यमा विभिन्न उमेर समुहकाे अाकर्षण बढेको अध्यक्ष ढकालले  बताउनु भएको छ । प्रमुख अतिथि लुम्बिनी वाङमय प्रती ष्ठान पाल्पाका अध्यक्ष कृष्णकला भण्डारी रहनु भएको हाे । प्रमुख अतिथि भण्डारीले अन्य साहित्यिक संस्थाकाे तुलनामा यश संस्थाले रचनात्मक कार्य गरेको बताउनुहुदै संस्थका लागि अाफुले सक्दाे सहयोग गर्ने बताउनु भएको छ । संस्थाका सचिव गाेविन भट्टराईले संस्थाकाे वार्षिक प्रतीवेदन पढेर सुनाउनु भएको छ । उपाध्यक्ष हुमा देवकोटाले स्वागत गर्नु भएको कार्यक्रमकाे संचालन सचिव गाेविन भट्टराईले गर्नुभएको हाे । कार्यक्रममा साहित्यकार दिपकमणि अर्याल र राधाकृष्ण मन्दिरका अध्यक्ष शिवकुमारी वाग्लेलाई सम्मान गरिएको छ । अधिवेशनले मित्रलाल गाैतम अध्यक्ष रहेको ११ सदस्यीय नया साहित्यिक प्रतीष्ठान गठन भएको छ । समितिकाे उपाध्यक्षमा हुमा देवकाेटा, सचिवमा दिपकमणि अर्याल, सह सचिवमा शाेभा केसि, काेषाध्यक्ष कुन्तादेवि गैरे, सदस्यहरुमा समीर पाैडेल, नारायण प्रसाद अाेस्ति, मनाेज भुजेल, दानस मल्ल, तारा तिवारी, नाेलराज भण्डारी र सरिता रेग्मी चुनिनु भएको छ ।
नवनिर्वाचित समितिका अध्यक्ष मित्रलाल गाैतमले संस्थाकाे नीति नियममा रहेर काम गर्ने प्रतीवद्द्ता जनाउनु भएको छ । संस्थाका सल्लाहकार लेखनाथ शर्मा मरासिनीले साहित्यिक प्रतिष्ठानले रामपुरमा हरेक महिना नियमित रचनावाचन गरेर छरिएर रहेका साहित्यिक श्रष्टालाई एकिकृत गरेको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय