‘पाल्पा गोल्डकप फुटबल’ प्रतियोगिता स्याङजाको होराइजन फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ । होराइजन फुटबल क्लब वालिङले २८ बिघा युथ क्लब पूर्व नवलपरासीलाई ३–१ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हाे ।

टुँडिखेलमा भएको खेलमा वालिङका लागि पहिलो मिनेटमै विवेक चौधरीले गोल गरेर खेललाई अग्रता दिलाए । उनको गोललाई २८ बिघा नवलपरासीले २८ औं मिनेटमा राज भुसालले गोल गरेर खेल बराबरीमा ल्याए । ५५ औ मिनेटमा वालिङका विवेकले अर्को गोल थपेर खेल २–१ मा पु¥याउन सफल भए ।

आक्रामक र पटकपटक पोष्ट प्रहार गर्ने क्रममा वालिङका टेकराज गुरुङले ७५ औं मिनेटमा गोल थपेर खेललाई बलियो स्थितिमाम पु¥याउन सफल भए । शनिबारबारको खेलमा दुई गोल गरेर टिमलाई बिजयी बनाएका विवेक म्यान अफ द म्याच घोषित भए । उनले नगद ३ हजार पाए ।

आइतबार रोड्स रामपुर चितवन र बीर गोर्खाली लखनउ भारतबीच तेस्रो क्वार्टर फाइनल खेल हुने आयोजक पाल्पा जिल्ला फुटबल संघका प्रचार-प्रसार संयोजक करण चित्रकारले जानकारी दिए ।

जेठ २७ गतेसम्म चल्ने प्रतियोगिताका विजेताले ३ लाख र उपबिजेताले १ लाख ५० हजार रुपैयाँ पाउने एन्फा पाल्पाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय