latest
रासायनिक मलको उपयोग शून्य बनाउँछाैंः लुम्बिनी प्रमुख सचिव अधिकारी  ||    पाल्पा जेसिजद्वारा छात्राहरुलाई महिनावारीका सामग्री हस्तान्तरण  ||    अडान पाल्पाकाे अध्यक्षमा राधेश्याम ज्ञवाली निर्वाचित  ||    त्रिभुवन बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका घर्ति मगर बिजयी  ||    पाल्पाका दुबै क्याम्पसमा स्वबियु निर्वाचन शान्तिपूर्ण  ||    स्ववियु निर्वाचन लोकतान्त्रिक चुनावी अभ्यास होः कसम (शहिद क्याम्पस नेविसंघ उम्मेदवार)  ||    देशकै जेठाे क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन माहाेल तात्याे  ||    क्याम्पसकाे साख जाेगाउन प्रतिबद्द रहनेछाैंः नेविसंघ सभापति उम्मेदवार अर्याल  ||   
सोमबार , चैत्र १०, २०८१

बिष्णु खनाल
पाल्पा, जेठ १८
कर्णेल उजिरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता अन्र्तरगत आज भएको खेलमा स्वयम्भु क्लब काठमाडौं बिजयी भएको छ । आज सम्पन्न खेलमा बिष्णु पादुका पोखरालाई २–१ गोलले पराजित गर्दै स्वयम्भु क्लब काठमाडौं बिजयी भएको हो ।
खेलको पहिलो हापको २८ र ४१ मीनेटमा स्वयम्भु क्लबका उत्तम शाहीले गोल गरेर स्वयम्भु क्लब काठमाडौंलाई अग्रता दिलाए । दोस्रो हापको २१ औं मीनेटमा बिष्णु पादुका पोखराका दृश्य गुरुङ्गले एक गोल फर्कए पनि त्यो जीतका लागि प्रयाप्त हुन सकेन ।
दोस्रो हापमा काठमाडौं बिरुद्ध आक्रामक खेलेको पोखराले पोस्टमा पटक पटक प्रहार गरेपनी गोलमा परिणत नहुदा बिष्णु पादुका पोखरा पराजीत हुन पुग्यो ।
खेलमा २ गोल गरेका स्वयम्भु क्लब काठमाडौंका उत्तम शाही म्यान अफ द म्याच भए । उनले नगद तीन हजार प्राप्त गरे ।
भोलीको खेल पाल्पा ११ र फोर्थ ब्रदर्श क्लब नवलपरासी बीच हुने जिल्ला फुटवल संघ पाल्पाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय