latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

बिष्णु खनाल
पाल्पा, जेठ १८
कर्णेल उजिरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता अन्र्तरगत आज भएको खेलमा स्वयम्भु क्लब काठमाडौं बिजयी भएको छ । आज सम्पन्न खेलमा बिष्णु पादुका पोखरालाई २–१ गोलले पराजित गर्दै स्वयम्भु क्लब काठमाडौं बिजयी भएको हो ।
खेलको पहिलो हापको २८ र ४१ मीनेटमा स्वयम्भु क्लबका उत्तम शाहीले गोल गरेर स्वयम्भु क्लब काठमाडौंलाई अग्रता दिलाए । दोस्रो हापको २१ औं मीनेटमा बिष्णु पादुका पोखराका दृश्य गुरुङ्गले एक गोल फर्कए पनि त्यो जीतका लागि प्रयाप्त हुन सकेन ।
दोस्रो हापमा काठमाडौं बिरुद्ध आक्रामक खेलेको पोखराले पोस्टमा पटक पटक प्रहार गरेपनी गोलमा परिणत नहुदा बिष्णु पादुका पोखरा पराजीत हुन पुग्यो ।
खेलमा २ गोल गरेका स्वयम्भु क्लब काठमाडौंका उत्तम शाही म्यान अफ द म्याच भए । उनले नगद तीन हजार प्राप्त गरे ।
भोलीको खेल पाल्पा ११ र फोर्थ ब्रदर्श क्लब नवलपरासी बीच हुने जिल्ला फुटवल संघ पाल्पाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय