latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, जेठ १६
कर्णेल उजिरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता हिजोबाट तानसेन टुँडिखेलमा सुरु भएको छ । हिजो बेलुका सम्पन्न उद्घाटन खेलमा पाल्पा–११ ले रूपन्देहीको लिस्नु क्लबलाई २–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
आजको खेल रुपन्देही ११ र २८ बिगाहा युवा क्लब नवलपरासी बीच हुने जिल्ला फुटवल संघ पाल्पाले जनाएको छ ।
पाल्पा ११ का लागि दुबै गोल आशिष रानाले गरेका छन् । खेल सुरु भएको १२ औं मिनेटमा आशिषले पहिलो गोल गरेर पाल्पा ११ लाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ९ मिनेटमा पुनः पाल्पा–११ का आशिषले नै अर्को गोल थपेर टिमलाई जिताउन सफल भए । खेल अवधिभर लिस्नुले एक गोल पनि फर्काउन सकेन ।
लिस्नु क्लब रुपन्देही पहिलो हाफमा रक्षात्मक खेलेको थियो । दोस्रो हाफमा आक्रामक खेलेको लिस्नु गोल गर्नबाट चुक्यो । पाल्पा–११ का सन्दीप केसी ६ र सुरज रन्जनले ४२ मिनेटमा पहेँलो कार्ड पाए ।
पहिलो खेलमा म्यान अफ द म्याच घोषित आशिषले नगद ३ हजार पाए । उनलाई तानसेन नगरपालिकाकी नगरउपप्रमुख प्रतिक्षा गाहा सिंजाली र पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय विरजंग राणाले नगद हस्तान्तरण गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय