latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

पाल्पा, १४ जेठ
कर्णेल उजीरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता भोलीबाट सुरु हुदै छ । उद्घाटन खेलमा पाल्पा ११ र रुपन्देहीको लिस्नु युवा क्लब बीच पहिलो खेल हुने भएको छ ।
आयोजक पाल्पा फुटबल संघ (एन्फा) ले गरेको लक्की ‘ड्र’ अनुसार प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ अन्तर्गत पाल्पा र रुपन्देही भिड्ने भएका हुन ।
पाल्पाको तासनेन टुँडिखेल मैदानमा भोली एक कार्यक्रमका बीच दिउँसो साढे २ बजे प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ । प्रतियोगितामा सहभागी १२ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा पाल्पा ११ र लिस्नु क्लबका साथै फोर ब्रदर्श नवलपरासी (पश्चिम), रोडस् रामपुर फुटबल क्लब चितवन, गार्डेन फुटबल क्लब पोखरा, बीर गोर्खाली लखनउ भारत रहेका छन् ।
यस्तै समूह ‘बी’ मा रुपन्देही ११, २८ विघा युथ क्लब नवलपरासी (पूर्व), होराइजन फुटबल क्लब स्याङ्जा वालिङ, स्वयम्भु युथ क्लब काठमाडौ, विष्णुपादुका युथ क्लब पोखरा, दि फेमश महिन्द्र दल गण पाल्पा रहेका छन् ।
समूह ‘ए’ बाट रोड्स रामपुर चितवन र गार्डेन पोखराबीच भएको खेलमा जित्नेले बीर गोर्खाली भारतसंग प्रतिष्पर्धा गर्नुपर्नेछ । यस्तै पाल्पा ११ र लिस्नुबीच भएको खेलमा बिजेताले फोर ब्रदर्श नवलपुर (पश्चिम) संग प्रतिप्रर्धा हुनेछ ।
समूह ‘बी’ मा पर्ने रुपन्देही ११ र २८ बिघा नवलपरासी (पूर्व) बीचको खेलमा जित्नेले स्याङजाको होराइजनसंग प्रतिष्पर्धा गर्नेछ । स्वयम्भु काठमाडौ र बिष्णुपादुका पोखराबीचको बिजेताले दि फेमस महिन्द्रदल गणसंघ खेल्नेछ । ११ खेल हुने प्रतियोगितामा दैनिक एक मात्र खेल हुनेछ । दिउसो साढे ३ बजेदेखि खेल सुरु हुने भने जेठ २७ गते शनिबार फाइनल खेल हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख, दोस्रो हुने टिमले नगद १ लाख ५० हजार, पाल्पाली करुवा ट्रफी, मेडल र प्रमाणपत्र पाउने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय विरजंग राणाले जानकारी दिए । प्रतियोगितामा प्रत्येक दिनको म्यान अफ दि म्याचलाई नगद ३ हजार दिइने छ भने उत्कृष्ट गोल रक्षक, डिफेण्डर, सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्तालाई नगद ६ हजार प्रदान गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय