latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, १४ जेठ
कर्णेल उजीरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता भोलीबाट सुरु हुदै छ । उद्घाटन खेलमा पाल्पा ११ र रुपन्देहीको लिस्नु युवा क्लब बीच पहिलो खेल हुने भएको छ ।
आयोजक पाल्पा फुटबल संघ (एन्फा) ले गरेको लक्की ‘ड्र’ अनुसार प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ अन्तर्गत पाल्पा र रुपन्देही भिड्ने भएका हुन ।
पाल्पाको तासनेन टुँडिखेल मैदानमा भोली एक कार्यक्रमका बीच दिउँसो साढे २ बजे प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ । प्रतियोगितामा सहभागी १२ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा पाल्पा ११ र लिस्नु क्लबका साथै फोर ब्रदर्श नवलपरासी (पश्चिम), रोडस् रामपुर फुटबल क्लब चितवन, गार्डेन फुटबल क्लब पोखरा, बीर गोर्खाली लखनउ भारत रहेका छन् ।
यस्तै समूह ‘बी’ मा रुपन्देही ११, २८ विघा युथ क्लब नवलपरासी (पूर्व), होराइजन फुटबल क्लब स्याङ्जा वालिङ, स्वयम्भु युथ क्लब काठमाडौ, विष्णुपादुका युथ क्लब पोखरा, दि फेमश महिन्द्र दल गण पाल्पा रहेका छन् ।
समूह ‘ए’ बाट रोड्स रामपुर चितवन र गार्डेन पोखराबीच भएको खेलमा जित्नेले बीर गोर्खाली भारतसंग प्रतिष्पर्धा गर्नुपर्नेछ । यस्तै पाल्पा ११ र लिस्नुबीच भएको खेलमा बिजेताले फोर ब्रदर्श नवलपुर (पश्चिम) संग प्रतिप्रर्धा हुनेछ ।
समूह ‘बी’ मा पर्ने रुपन्देही ११ र २८ बिघा नवलपरासी (पूर्व) बीचको खेलमा जित्नेले स्याङजाको होराइजनसंग प्रतिष्पर्धा गर्नेछ । स्वयम्भु काठमाडौ र बिष्णुपादुका पोखराबीचको बिजेताले दि फेमस महिन्द्रदल गणसंघ खेल्नेछ । ११ खेल हुने प्रतियोगितामा दैनिक एक मात्र खेल हुनेछ । दिउसो साढे ३ बजेदेखि खेल सुरु हुने भने जेठ २७ गते शनिबार फाइनल खेल हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख, दोस्रो हुने टिमले नगद १ लाख ५० हजार, पाल्पाली करुवा ट्रफी, मेडल र प्रमाणपत्र पाउने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय विरजंग राणाले जानकारी दिए । प्रतियोगितामा प्रत्येक दिनको म्यान अफ दि म्याचलाई नगद ३ हजार दिइने छ भने उत्कृष्ट गोल रक्षक, डिफेण्डर, सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्तालाई नगद ६ हजार प्रदान गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय