latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, जेठ १२

तानसेनमा आयोजना गरिएकाे राेजगार मेलामा तीन जनाले रोजगारी प्राप्त गरेका छन् । मेलामा फ्लाई तानसेनले एक जना र पाल्पा टुर एण्ड ट्राभलले २ जनालाई रोजगारी दिएको हाे । यस्तै २ सय ९३ जानाको रोजगार सुुनिश्चित भएको र १ सय ४५ जनाले सिप सिक्नका लागि आवेदन दिएका छन् ।

शुक्रबार एक दिन चलेकाे मेलामा सहभागी संस्थाहरुले ३ जनालाई आफ्नो क्षमताको आधारमा रोजगारी प्रदान गरेका हुन् । मेलामा ३ सय बढी रोजगारीका लागि विभिन्न संस्था र प्रतिष्ठानमा सुचिकृत भएका छन् भने तालिमका लागि १ सय ४५ जनाले फर्म भरेको तानसेन नगरपालिकाकी शिक्षा शाखा प्रमुख कोपिला न्यौपानेले बताउनुभयाे ।

तानसेन नगरपालिका पाल्पाको आयोजना र स्विस सरकार हेल्भेटासको सहयोगमा बेरोजगारीहरुको लागी तानसेनमा एक दिने बृत्ति विकास तथा रोजगार मेला भएको हो । तानसेन नगरपालिका –४ मखनटोल दरवार क्षेत्रमा भएको रोजगार मेलामा उद्योगी, व्यवसायी, विभिन्न संघ संस्थाका २८ वटा स्टलहरु रहेका थिए ।

मेलाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका पूूर्व उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री एवं प्रदेश सांसद वीरबहादुर रानाले आवश्यक सीप तथा प्रविधिकाे जानकारी लिइ राेजगारीमा सहयाेग पुग्ने मेलाबाट युवावर्गलाइ प्रत्यक्ष फाइदा पुगेकाे बताउनुभयाे । उहाँ भन्नुहुनछ, देशको आर्थिक अवस्था जटिल मोडबाट अगाडी बढेको परिस्थितिमा नगरपालिकाले बेरोजगार युवा र रोजगारदाताहरू बीच समन्वयको काम गर्नु अत्यन्त राम्राे भएकाे छ । देशमा लगानीको वातावरण नहुँदासम्म रोजगारीको सिर्जना नहुने बताउँदै लगानीको वातावरण सिर्जना गर्न, युवा शक्तिलाई स्वदेशमा नै स्वरोजगार बनाउन र मुलुकको समृद्धिका यसकाे अावश्यकता हुन्छ ।

तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले शिक्षाको लागि विदेश जानेहरुका कारण जनशक्तिसंगै पुँजी पनि पलायन भईरहेको बताउनुभयो । उहाँले युवा जनशक्ति पलायन हुने क्रम नराेकिए नेपालको उत्पादन बन्द हुने र आयातमा भर पर्नुपर्ने स्थिती आउनसक्ने बताउनुभयो । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ  खनालले  कर्म गर्न खोज्ने युवा शक्तिलाई स्वदेशमै रोजगार तथा स्वरोजगार बनाउन मेलाबाट सहयोग पुग्ने बताउनुभयाे । तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिङ्जालीले क्षमता र सीप भएर बेरोजगार भएका र सिप क्षमता बढाएर रोजगारी गर्न चाहेका जनशक्ति एक ठाउँबाट एकत्रित गराएर संयाेजन गरिएकाे बताउनुभयाे ।  तानसेन नगरपालिकाले हाल १४ वटा वडाबाट करिब १५ सय युवाहरु विदेशबाट फर्किर स्वदेशमै रोजगारीको चाहाना राखेको उहाँले बताउनुभयाे ।

हेल्भेटास इनसियोर लुम्बिनी प्रदेश संयोजक निर्मला मैनालीले हाल ३५ लाख युवाहरू बैदेशिक रोजगारमा रहेको  र सन २०२२ मा विदेशबाट करिब ११ खर्ब रेमिटान्स भित्रिएको बताउनुभयाे । संस्थाले  लुम्बिनी प्रदेशमा ५ हजार  युवालाई रोजगार तथा  स्वरोजगार बनाउने उद्देश्य लिएर प्रदेशका ११ वटा नगरपालिकामा काम गर्दै आएको उहाँले बताउनुभयाे ।

होटल तथा रेष्टुरेन्ट व्यवस्थायी संघ पाल्पाका अध्यक्ष मोहन श्रेष्ठ, नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले मेलाले रोजगार लिने र दिने दुवैपक्षलाई फाईदा पुगेको बताउनुभयाे । कार्यक्रम रोजगार मेला उपसमितिका संयोजक प्रदीप खनालले मेलाको उद्देश्य, अवधारण, हालको अवस्था बारे जानकारी गराउनुभएकाे थियाे ।

रोजगार मेलामा ३ सय जना बेरोजगारले राेजगारीका लागि आवेदन दिएका छन् । भवन तथा बाटो निर्माणकर्मी संघले १ सय जना दक्ष र १ सय अर्धदक्ष गरी २ सय जना कामदार माग गरेकोमा ८ जनाले मात्र फारम भरेका छन् । पाल्पाली ढाका संघलाई ४० जना कामदार चाहिएकोमा ५ जनाले मात्र कामको लागि आवेदन दिएका छन् । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) तानसेनको स्टलमा विभिन्न विद्यालयबाट ४ जनाको माग भएकोमा ४५ जनाले फारम भरेका छन् ।

यसैगरी पाल्पा होटल तथा रेष्टुरेष्टका लागि ४० जना दक्ष कामदार चाहिएकोमा १८ जनाले फारम भरेका छन् । दुबै पक्षको सहमतिमा १८ जनाले चाहेको समयमा काम पाउने संघले जनाएको छ । पाल्पा व्यापार संघमा रोजगारीको लागि ८ जनाले फारम भरेका छन् । हाम्रो जब लिंकमा २८ जनाले रोजगारीको लागि र ४ जनाले सिप सिक्न आवेदन दिएका छन् । हाम्रो जव लिंकले आवेदन दिएका व्यक्तिहरुको रोजगारी सुनिश्चित गरेको जनाएको छ । नेपाल व्युटिसियनमा ५ जनाले सीप सिक्न आवेदन दिएका छन् । यस्तै पाल्पा होजियारीले ३ जना, पाल्पा उद्योग वाणिज्य संघले १० जना माग गरेको छ । मेलामा २ हजार ५ सयले स्टल अवलोकन गरि विभिन्न जानकारी लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय