latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को पार्टी सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत पाल्पाकाे सचिवालयकाे बिस्तारित बैठक तानसेनमा सम्पन्न भएको छ ।

पार्टीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष सोम प्रसाद पाण्डे प्रमुख आतिथ्यमा सम्पन्न सो बैठकमा उहाँले पार्टीको सुदृढीकरण र शुद्धीकरण दुबै अभियान भएको, लालचामा लागेर आन्दोलनलाई धोका दिने सङ्ग सतर्क हुन आग्रह गर्नु भयो । कार्यक्रममा केकस तथा प्रदेश सचिव राजु गुरुङ, केन्द्रिय कमिटी सदस्य तथा जिल्ला ईन्चार्ज यादव ब रायमाझी , केन्द्रीय कमिटी सदस्य हरु अशोक कु शाही, रमा घर्तीले निर्देशनात्मक मन्तब्य राख्नु भयो । सबै स्थानीय तहको रिपोर्टिङ, अपानी बाचन, कार्यबिभाजन, आर्थिक व्यवस्थापनका एजेन्डामा छलफल गरी २०८० जेठ मसान्तसम्म नवीकरण सदस्यता विस्तार, सबै वडा र स्थानीय तह कमिटीको अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ ।

कार्यक्रम जिल्ला कमिटी अध्यक्ष कमल पाण्डेको अध्यक्षता र सचिब मोहनलाल गैरेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय