सुशीला रेग्मी

रामपुर (पाल्पा), ६ जेठ

लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री बिरबहादुर रानाले शनिवार पाल्पा रामपुरको शैक्षिक संस्था, कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र, जनहित बौद्धविहार, रामपुर ४ स्थित गलमादी खोलाको कटान क्षेत्र लगायतका क्षेत्रको अवलोकन गर्नुभएको छ । रामपुर नगरपालिका वडा नं ४ ईस्लामपुरमा रहेको मदरसा नुरुल हुदा अहले सुन्नत प्राथमिक विद्यालय र मदरसा नुरुल हुदा आधारभुत विद्यालय, शहीद बहुमुखी क्याम्पस रामपुरको शैक्षिक अवस्थाबारे जानकारी लिनुभएको छ ।

उहाँले रामपुरमा उत्पादन भएको जनशक्ति विश्व समुदायमा प्रतिष्पर्धा गर्न सक्ने हुनुपर्ने बताउनुहुदै रामपुर क्षेत्रमा शैक्षिक विकास गरी बाहिरका विद्यार्थी यहाँ पढ्न आउने वातावरण बनाउनुपर्ने बताउनुभएको छ । मदरसा नुरुल हुदा अहले सुन्नत प्राथमिक विद्यालयका प्रधानाध्यापक नागेन्द्र काफ्ले, मदरसा नुरुल हुदा आधारभुत विद्यालयका प्रधानाध्यापक अबदुल कलाम मियाँ, शहीद बहुमुखी क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद भट्टराई, प्राध्यापक अशोक ढुंगानाले शैक्षिक क्षेत्रको आवश्यकताबारे प्रदेश सभा सदस्य रानालाई अवगत गराउनुभएको छ । प्रदेश सभा सदस्य रानाले रामपुर ४ को गलमादीखोलाले कटान गरेको क्षेत्रको पनि अवलोकन गरी तटबन्ध निर्माणका लागि प्रदेश सरकार समक्ष पहल गर्ने बताउनुभयो । रामपुर ४ देविस्थानमा रहेको जनहित बौद्धविहारमा प्रदेश सभा सदस्य रानालाई स्वागत गरिएको छ । विहारका अध्यक्ष कृष्णबहादुर आलेको अध्यक्षतामा एक कार्यक्रम गरी स्वागत गरिएको छ । रानाले प्रदेश सरकारको सहयोगमा बनेको भान्छाघरको अवलोकन गर्नुहुदै यसलाई बृहत्तर रुपमा अगाडी बढाउनुपर्ने बताउनुभएको छ । कार्यक्रमको संचालन देवबहादुर ठाडाले गर्नुभएको हो ।

यसैगरी कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रले पनि प्रदेश सभा सदस्य रानालाई स्वागत गरेको छ । केन्द्रका अध्यक्ष भिमविश्व भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको हो । उपाध्यक्ष दुर्गाप्रसाद भट्टराईको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सचिव कृष्ण पौडेलले गर्नुभएको हो । उपचार केन्द्रको बारेमा व्यवस्थापक सुन्दर रानाले जानकारी गराउनुभएको थियो । नेपाली कांग्रेस क्षेत्रीय सभापति झमनराज मगर, रामपुर नगरपालिका वडा नं ४ वडा अध्यक्ष तथा पाल्पा क्षेत्र नं १(क) का नेपाली कांग्रेसका सभापति रामबहादुर राना, नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य सुशीला रेग्मी लगायत अवलोकनमा सहभागी हुनुुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय