सुशीला रेग्मी

रामपुर (पाल्पा), ६ जेठ

पाल्पाको रामपुर नगरपालिका वडा नं ४ मा संचालन भएको विद्यालय उत्प्रेरणा तथा वार्षिक प्रगति प्रतिवेदन कार्यक्रम सकिएको छ । वडाध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्वमन्त्रि बिरबहादुर राना रहनु भएको हो । प्रदेश सभा सदस्य रानाले शिक्षको जिम्मेवारी ठुलो रहेको हुदा विद्यार्थी र अभिभावकको मन जित्ने गरी शिक्षा दिन अनुरोध गर्नुहुदै समयानुकूल शिक्षण विधि प्रयोग गरेर शिक्षण गरियो भने शिक्षण कार्य प्रभावकारी हुने बताउनु भएको छ ।

हिजो संरचना अभावमा पनि सामुदायिक विद्यालयमा विद्यार्थी चाप धेरै रहेको ईतिहास बताउदै अहिले प्रयाप्त पुर्वाधार हुदा पनि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या अति न्यून रहेको बताउनुहुदै प्रदेश सभा सदस्य रानाले सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन गुणस्तरीय शिक्षामा शिक्षकले जोड दिन अनुरोध गर्नुभएको छ । शुक्रवार र शनिवार दुई दिनसम्म चलेको विद्यालय उत्प्रेरणा कार्यक्रमको सहजिकरण राष्ट्रिय प्रशिक्षक द्वय दिपकनाथ घिमिरे र तिर्थराज बर्देवा, रामपुर नगर शिक्षा अधिकृत विकल काफ्लेले गर्नुभएको हो । कार्यक्रममा वडाभित्र रहेका पाँच विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक कार्यक्रममा अभिभावक संघ तथा शिक्षक कर्मचारी लगायतको सहभागीता रहेको थियोे । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सभापति झमनराज मगर, नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, राष्ट्रिय प्रशिक्षक तिर्थराज बर्देवा, रामपुर ६ का वडाध्यक्ष दिवाकर देवकोटा, कालिका माविका शिक्षक अभिभावक संघका अध्यक्ष टेकबहादुर क्षेत्री, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य सुशीला रेग्मी, पृथ्वी टेलिभिजनका स्टेशन प्रबन्धक कृष्ण पौडेल, सीताराम माविका प्रधानाध्यापक हरिप्रसाद अधिकारी, कालिका माविका प्रधानाध्यापक मनिराज अधिकारी, मदरसा नुरुल हुदा आधारभुत विद्यालयका प्रधानाध्यापक अबुल कलाम मियाँ, लक्ष्मी आधारभुत विद्यालयका प्रधानाध्यापक नरबहादुर आले, मदरसा नुरुल हुदा अहले सुन्नत प्राथमिक विद्यालयका प्रधानाध्यापक नागेन्द्र काफ्ले लगायतले आफ्ना भनाई राख्नु भएको छ । सहभागीलाई वडा सदस्य ताजिम अजिम शेखले धन्याद दिनु भएको कार्यक्रमको संचालन वडा सचिव सविता आलेले गर्नुभएको हो ।

कार्यक्रमको अवसरमा विद्यालयलाई विभिन्न शैक्षिक सामग्री तथा कृषि समुहलाई कृषि सामग्री वितरण गरिएको छ । वडाध्यक्ष रानाले २०७९ जेठ ६ गते स्थानीय तहमा निर्वाचन भए पश्चात् पद बहाली भएको दिन शनिवार एकवर्ष पूरा भएको अवधिमा वडाले गरेका गतिविधिबारे जानकारी दिनुभएको छ । एकवर्षको अवधिमा वडाले कृषि, शिक्षा, स्वास्थ्य, सडक पुर्वाधार लगायतका क्षेत्रमा जोड दिएर काम गरेको वडाध्यक्ष रानाले बताउनुहुदै वडालाई नमुना वडा बनाउन सरोकारवाला निकायसंग समन्वय र सहकार्य गरेर अगाडी बढेको बताउनु भएको छ । एक वर्षको अवधिमा वडामा जन्मदर्ता १३३, विवाहदर्ता ४८, बसाइँसराई आएको दर्ता १५, सम्बन्ध विच्छेद ८, मृत्युदर्ता ३०, नाता प्रमाणित ७५, आम्दानी प्रमाणित ३३, अन्य प्रमाणित ७३२, नागरिकता सिफारिस ३९१, नाबालक परिचयपत्र सिफारिस ६, चारकिल्ला प्रमाणित ११३, पेन्सन सम्बन्धी कागजात सिफारिस ११, जम्मा चलानी संख्या एक हजार ३६१, जम्मा दर्ता संख्या ५१ भएको छ ।

यस्तै राजश्व संकलनतर्फ कुल जम्मा रकम तीन लाख ९४ हजार ५३१, यस आर्थिक वर्षमा वडाका ५३ योजनामध्ये ३५ वटा सम्झौता, २२ वटा सम्पन्न, सम्पन्न हुने चरणमा रहेका योजना १३ वटा रहेको वडाध्यक्ष रानाले वार्षिक प्रतिवेदन मार्फत जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय