latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), ५ जेठ
रामपुर नगरपालिका वडा नं ४ मा विद्यालय उत्प्रेरणा तथा वार्षिक प्रगति प्रतिवेदन सम्बन्धी दुई दिने कार्यशाला शुक्रवारबाट सुरु भएको छ । वडाध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा भएको कार्यशालाको शुभारम्भ रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले गर्नुभएको छ । नगर प्रमुख थापाले वडाले सुरु गरेको कार्यक्रम अन्य वडामा पनि गर्नुपर्ने आवश्यकता रहेको बताउनुहुदै यो कार्यक्रम नगरकै नमुना कार्यक्रम रहेको बताउनुभएको छ । साथै उहाँले रामपुर नगर सरकारले शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षकको स्तर बृद्धि तथा भौतिक संरचना निर्माण एवम् विभिन्न शैक्षिक सामग्री सहयोग कार्यक्रम गरिरहेको बताउनुभएको छ ।

कार्यशालाको सहजिकरण राष्ट्रिय प्रशिक्षक द्धय दिपकनाथ घिमिरे, तीर्थराज बर्देवा र रामपुर नगर शिक्षा अधिकृत विकल काफ्लेले गर्नुभएको छ । वडाभित्र रहेको पाँच सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका अध्यक्ष, शिक्षक कर्मचारी गरी ८१ जनाको सहभागीता रहेको छ । कार्यक्रममा सीताराम माविका प्रधानाध्यापक हरिप्रसाद अधिकारी, कालिका माविका प्रधानाध्यापक मनिराज अधिकारी र पत्रकार सीता डोटेलले आफ्ना भनाई राख्नुभएको छ । वडा सदस्य मोहन सिं रानाले स्वागत गर्नुभएको उद्घाटन कार्यक्रमको संचालन वडा सचिव सविता आलेले गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय