latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), ५ जेठ
रामपुर नगरपालिका वडा नं ४ मा विद्यालय उत्प्रेरणा तथा वार्षिक प्रगति प्रतिवेदन सम्बन्धी दुई दिने कार्यशाला शुक्रवारबाट सुरु भएको छ । वडाध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा भएको कार्यशालाको शुभारम्भ रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले गर्नुभएको छ । नगर प्रमुख थापाले वडाले सुरु गरेको कार्यक्रम अन्य वडामा पनि गर्नुपर्ने आवश्यकता रहेको बताउनुहुदै यो कार्यक्रम नगरकै नमुना कार्यक्रम रहेको बताउनुभएको छ । साथै उहाँले रामपुर नगर सरकारले शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षकको स्तर बृद्धि तथा भौतिक संरचना निर्माण एवम् विभिन्न शैक्षिक सामग्री सहयोग कार्यक्रम गरिरहेको बताउनुभएको छ ।

कार्यशालाको सहजिकरण राष्ट्रिय प्रशिक्षक द्धय दिपकनाथ घिमिरे, तीर्थराज बर्देवा र रामपुर नगर शिक्षा अधिकृत विकल काफ्लेले गर्नुभएको छ । वडाभित्र रहेको पाँच सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका अध्यक्ष, शिक्षक कर्मचारी गरी ८१ जनाको सहभागीता रहेको छ । कार्यक्रममा सीताराम माविका प्रधानाध्यापक हरिप्रसाद अधिकारी, कालिका माविका प्रधानाध्यापक मनिराज अधिकारी र पत्रकार सीता डोटेलले आफ्ना भनाई राख्नुभएको छ । वडा सदस्य मोहन सिं रानाले स्वागत गर्नुभएको उद्घाटन कार्यक्रमको संचालन वडा सचिव सविता आलेले गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय