![](https://seroferonews.com/wp-content/uploads/2023/05/smart-license1618601388.jpg)
पाल्पा, जेठ ४
पाल्पाबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नविकरण हुने भएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले जेष्ठ ४ गते देखि सवारी चालक अनुमति पत्रको नविकरण सेवा सुरु गरेको जनाएको छ ।
![](https://seroferonews.com/wp-content/uploads/2023/01/adv-6.gif)
![](https://seroferonews.com/wp-content/uploads/2023/01/adv-7.gif)
![](https://seroferonews.com/wp-content/uploads/2023/01/adv-8.gif)
कार्यालयले सूचना जारी गरी सेवा सुरु भएको जनाएको गराएकाे हाे । तानसेन नगरपालिका ७ बतुंङ देवकाेटाचाेकमा रहेको सेवा कार्यालयमा नविकरणका लागि सक्कल नागरिकताको प्रमाण पत्र, सक्कल सवारी चालक अनुमति पत्रको प्रमाणपत्र र निरोगिताको प्रमाणपत्र आवश्यक पर्ने कार्यालय प्रमुख केशव सुनारले जारी गरेको सूचनामा उल्लेख छ ।