latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), ४ जेठ
कृषि ज्ञानकेन्द्र पाल्पाको सहयोगमा रामपुर नगरपालिकामा सञ्चालन भएका विभिन्न कृषिफार्म तथा सिंचाई योजनाको अनुगमन गरिएको छ । विहिवार रामपुर नगरपालिका वडा नं ४ मा रहेको तल्लो बडमान कृषक समुहद्धारा ज्ञानकेन्द्रको सहयोगमा निर्माण भएको दुई सय १२ मिटर पक्की कुलो, वडा नं ४ कै देविस्थानमा रामपुर नर्सरी एण्ड एग्रोफार्मको टनेलमा तरकारी खेती, पुष्प व्यावसाय, मागमा आधारित कृषि विकास कार्यक्रम अन्तर्गत वडा नं १० मा रहेको सिंजाली कृषिफार्मद्धारा सञ्चालित टनेलमा तरकारी खेतीको अनुगमन गर्ने कार्य भएको छ ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, उपप्रमुख काशिका गैरे, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरिक्षक हेरम्भ शर्मा, जिल्ला समन्वय समितिका अधिकारी जनार्दन अधिकारी, कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख कामना अधिकारी, सुन्तला जात फलफुल विकास केन्द्रका बरिष्ठ कृषि विकास अधिकृत दिपक भट्टराई, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना इकाई कार्यालय पाल्पाका प्रमुख टुकबहादुर थापा, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख दुर्गाप्रसाद खनाल, पत्रकार लगायतको टोलीले अनुगमन गरेको हो ।
ज्ञानकेन्द्रले मागमा आधारित कार्यक्रम सञ्चालन गरेको फार्म तथा कृषि समुहमार्फत सञ्चालित सिंचाई आयोजनाबाट कृषकले राम्रो प्रतिफल लिन सफल भएको कार्यालय प्रमुख कामना अधिकारीले बताउनुभएको छ ।
साथै टोलीले रामपुर नगरपालिका वडा नं २ को बाँदरकुना क्षेत्रको अनुगमन गरेको छ । निस्दीखोलाले कटान गरेको बाँदर कुना क्षेत्रको जोखिम न्युनिकरण गर्न रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल र प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको टिमलाई अनुरोध गर्नुभएको छ । खोलाले धार नै परिवर्तन गरी बाँदरकुना क्षेत्रको भाग कटान गरेकाले यसले दुर्घटनाको उच्च जोखिम निम्त्याएको हुदा जतिसक्दो चाँडो जोखिम न्युनिकरणका लागि सम्बन्धित निकायबाट पहल कदम चाल्ने अनुगमन टोलीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय