latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

सुशीला रेग्मी

रामपुर (पाल्पा), ३ जेठ

पाल्पाको रामपुरमा महिन्द्रा कम्पनीको गाडीको स्वरुम उद्घाटन गरिएको छ । नेपालमै ३२ औँ स्वरुमको रुपमा रामपुरमा शुभारम्भ भएको छ । रामपुर अटो भिलेजका सञ्चालक गणेशप्रसाद रेग्मी र कुलमणी रेग्मीले शहरीकरणतर्फ उन्मुख हुदै गरेको रामपुर नगरपालिकामा महिन्द्र्रा कम्पनीको स्वरुम सञ्चालनमा ल्याउनुभएको हो ।

बुधवार रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले विधिवत् रुपमा स्वरुमको उद्घाटन गर्नुभएको छ । स्वरुमको शुभारम्भ गर्नुहुदै नगर प्रमुख थापाले अहिलेको अवस्थामा महिन्द्रा कम्पनीको गाडीको माग बढ्दो रहेको हुदा पाल्पाको रामपुरमा स्वरुम खुल्नु नै यस क्षेत्रको लागि खुशीको कुरा रहेको बताउनुभएको छ । पाल्पा, स्याङ्गजा, तनहुँ र नवलपुर (नवलपरासी पूर्व) को केन्द्रका रुपमा रहेको रामपुरमा महिन्द्रा कम्पनीको स्वरुम खुलेपछि सवारी साधन खरिद गर्न सहज हुने बताउनुहुदै नगर प्रमुख थापाले ग्रामीण क्षेत्रमा यस कम्पनीबाट बनेका सवारी साधनको प्रयोग बढ्दै गएको बताउनुभयो । अग्नी इन कर्पोरेट प्राइभेट लिमिटेड कम्पनीका लागि डेपुटी डाइरेक्टर वरदान बस्नेतले भरपर्दो र विश्वासिलो आरामदायी यात्राका लागि अहिले महिन्द्रा कम्पनीको गाडी गाउँ गाउँमा पुगेको बताउनुभएको छ । उहाँले रामपुरको बजार अवस्थालाई मध्यनजर गर्दै ३२ औँ शाखा बिस्तार गरेको जानकारी दिनुभएको छ । रामपुर ५ बेझाड बजार बाङ्गेपसल जाने रोडमा स्वरुम शुभारम्भ गरिएको हो ।

कार्यक्रमको सञ्चालन रामपुर अटो भिलेजका सञ्चालक चिरन्जीवी सिग्देलले गर्नुभएको हो । बिगत पाँचवर्ष अघि देखि रामपुरमा महिन्द्रा कम्पनीमार्फत रामपुर अटो भिलेजले सर्भिस, स्प्रेयर, पार्टस लगायतका विभिन्न सेवाहरु दिइरहेको छ । कार्यक्रम रामपुर अटो भिलेजका सञ्चालक कुलमणी रेग्मीको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय