latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

सुशीला रेग्मी

रामपुर (पाल्पा), ३ जेठ

पाल्पाको रामपुरमा महिन्द्रा कम्पनीको गाडीको स्वरुम उद्घाटन गरिएको छ । नेपालमै ३२ औँ स्वरुमको रुपमा रामपुरमा शुभारम्भ भएको छ । रामपुर अटो भिलेजका सञ्चालक गणेशप्रसाद रेग्मी र कुलमणी रेग्मीले शहरीकरणतर्फ उन्मुख हुदै गरेको रामपुर नगरपालिकामा महिन्द्र्रा कम्पनीको स्वरुम सञ्चालनमा ल्याउनुभएको हो ।

बुधवार रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले विधिवत् रुपमा स्वरुमको उद्घाटन गर्नुभएको छ । स्वरुमको शुभारम्भ गर्नुहुदै नगर प्रमुख थापाले अहिलेको अवस्थामा महिन्द्रा कम्पनीको गाडीको माग बढ्दो रहेको हुदा पाल्पाको रामपुरमा स्वरुम खुल्नु नै यस क्षेत्रको लागि खुशीको कुरा रहेको बताउनुभएको छ । पाल्पा, स्याङ्गजा, तनहुँ र नवलपुर (नवलपरासी पूर्व) को केन्द्रका रुपमा रहेको रामपुरमा महिन्द्रा कम्पनीको स्वरुम खुलेपछि सवारी साधन खरिद गर्न सहज हुने बताउनुहुदै नगर प्रमुख थापाले ग्रामीण क्षेत्रमा यस कम्पनीबाट बनेका सवारी साधनको प्रयोग बढ्दै गएको बताउनुभयो । अग्नी इन कर्पोरेट प्राइभेट लिमिटेड कम्पनीका लागि डेपुटी डाइरेक्टर वरदान बस्नेतले भरपर्दो र विश्वासिलो आरामदायी यात्राका लागि अहिले महिन्द्रा कम्पनीको गाडी गाउँ गाउँमा पुगेको बताउनुभएको छ । उहाँले रामपुरको बजार अवस्थालाई मध्यनजर गर्दै ३२ औँ शाखा बिस्तार गरेको जानकारी दिनुभएको छ । रामपुर ५ बेझाड बजार बाङ्गेपसल जाने रोडमा स्वरुम शुभारम्भ गरिएको हो ।

कार्यक्रमको सञ्चालन रामपुर अटो भिलेजका सञ्चालक चिरन्जीवी सिग्देलले गर्नुभएको हो । बिगत पाँचवर्ष अघि देखि रामपुरमा महिन्द्रा कम्पनीमार्फत रामपुर अटो भिलेजले सर्भिस, स्प्रेयर, पार्टस लगायतका विभिन्न सेवाहरु दिइरहेको छ । कार्यक्रम रामपुर अटो भिलेजका सञ्चालक कुलमणी रेग्मीको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय