latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), १ जेठ
ंंरामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले संस्था एकिकरण पश्चात् सेवा शुभारम्भ गरेको १६ वर्ष पुगेको अवसरमा सोमवार स्थापना दिवस मनाएको छ । संस्थाको कार्यालय रामपुर नगरपालिका वडा नं ५ स्थित बेझाडमा एक कार्यक्रम गरी संस्था स्थापना दिवस मनाइएको हो । संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा रामपुर साकोसका निवर्तमान अध्यक्ष राजुप्रसाद श्रेष्ठ रहनुभएको हो ।

प्रदेश सभा सदस्य श्रेष्ठले नेपालमै रामपुर साकोसले संस्था एकिकरणको नयाँ अभ्यास थालनी गरेर सेवा दिएको जानकारी गराउनुहुदै संस्थाले सहकारीको मर्म र भावना अनुसार काम गरिरहेको बताउनुभएको छ । उहाँले नेपालमा पछिल्लो समय विभिन्न सहकारीको नकारात्मक हल्ला फैलिएको हुदा यस साकोसले सहकारीको हितमा सदस्य सेवालाई प्राथमिकता दिएर काम गरिरहेको हुदा ढुक्कले सेवा लिन सबैलाई अनुरोध गर्नुभएको छ । कार्यक्रमको संचालन सहकारीका व्यवस्थापक रामचन्द्र अधिकारीले गर्नुभएको हो ।

रामपुर वचत तथा ऋण सहकारी संस्था र चन्द्रज्योती वचत तथा ऋण सहकारी संस्था बीच एकिकरण गरी सेवा प्रवाह भइरहेको छ । संस्था एकिकरण पश्चात् विसं २०६५ जेठ १ गते संस्थाले सेवा थालनी गरेको हो । हाल संस्थामा चार हजार आठ सय ७० जना सेयर सदस्य आबद्ध छन् । संस्थाको कुल पुँजी रु ५६ करोड ७९ लाख, सेयर पुँजी रु पाँच करोड ४९ लाख रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय