latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), १ जेठ
ंंरामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले संस्था एकिकरण पश्चात् सेवा शुभारम्भ गरेको १६ वर्ष पुगेको अवसरमा सोमवार स्थापना दिवस मनाएको छ । संस्थाको कार्यालय रामपुर नगरपालिका वडा नं ५ स्थित बेझाडमा एक कार्यक्रम गरी संस्था स्थापना दिवस मनाइएको हो । संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा रामपुर साकोसका निवर्तमान अध्यक्ष राजुप्रसाद श्रेष्ठ रहनुभएको हो ।

प्रदेश सभा सदस्य श्रेष्ठले नेपालमै रामपुर साकोसले संस्था एकिकरणको नयाँ अभ्यास थालनी गरेर सेवा दिएको जानकारी गराउनुहुदै संस्थाले सहकारीको मर्म र भावना अनुसार काम गरिरहेको बताउनुभएको छ । उहाँले नेपालमा पछिल्लो समय विभिन्न सहकारीको नकारात्मक हल्ला फैलिएको हुदा यस साकोसले सहकारीको हितमा सदस्य सेवालाई प्राथमिकता दिएर काम गरिरहेको हुदा ढुक्कले सेवा लिन सबैलाई अनुरोध गर्नुभएको छ । कार्यक्रमको संचालन सहकारीका व्यवस्थापक रामचन्द्र अधिकारीले गर्नुभएको हो ।

रामपुर वचत तथा ऋण सहकारी संस्था र चन्द्रज्योती वचत तथा ऋण सहकारी संस्था बीच एकिकरण गरी सेवा प्रवाह भइरहेको छ । संस्था एकिकरण पश्चात् विसं २०६५ जेठ १ गते संस्थाले सेवा थालनी गरेको हो । हाल संस्थामा चार हजार आठ सय ७० जना सेयर सदस्य आबद्ध छन् । संस्थाको कुल पुँजी रु ५६ करोड ७९ लाख, सेयर पुँजी रु पाँच करोड ४९ लाख रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय