latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा, जेठ १
पाल्पाको तानसेन स्थित टुँडिखेल मैदानमा कर्णेल उजीरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ ।
यही जेष्ठ १२ देखि २७ गतेसम्म राष्ट्रियस्तरको कर्णेल उजीरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता हुन लागेको हो । तानसेनको टुडिखेल स्तरउन्नती भएपछि पहिलोपटक ठूलो प्रतियोगीता आयोजना हुन लागेको हो ।
आज पाल्पा फुटवल संघले पत्रकार सम्मेलन गरि प्रतियोगितामा १६ टिमको सहभागीता रहने जनाएको छ । जसमा पाल्पा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाके, स्याङ्गजा, कास्की, चितवन र काठमाडौं रहने छन् । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३ लाख, ट्रफी मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमलाई नगद १ लाख ५० हजार, ट्रफी मेडल र प्रमाणपत्र, प्रत्येक दिनको म्यान अफ दि म्याचलाई नगद ३ हजार र उत्कृष्ट गोल रक्षक, डिफेण्डर, सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्तालाई नगद ६ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दिपक घिमिरेले जिल्लामा राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन हुनुु गौरवको विषय भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय