latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
आइतबार , कार्तिक १६, २०८३

पाल्पा, जेठ १
पाल्पाको तानसेन स्थित टुँडिखेल मैदानमा कर्णेल उजीरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ ।
यही जेष्ठ १२ देखि २७ गतेसम्म राष्ट्रियस्तरको कर्णेल उजीरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता हुन लागेको हो । तानसेनको टुडिखेल स्तरउन्नती भएपछि पहिलोपटक ठूलो प्रतियोगीता आयोजना हुन लागेको हो ।
आज पाल्पा फुटवल संघले पत्रकार सम्मेलन गरि प्रतियोगितामा १६ टिमको सहभागीता रहने जनाएको छ । जसमा पाल्पा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाके, स्याङ्गजा, कास्की, चितवन र काठमाडौं रहने छन् । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३ लाख, ट्रफी मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमलाई नगद १ लाख ५० हजार, ट्रफी मेडल र प्रमाणपत्र, प्रत्येक दिनको म्यान अफ दि म्याचलाई नगद ३ हजार र उत्कृष्ट गोल रक्षक, डिफेण्डर, सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्तालाई नगद ६ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दिपक घिमिरेले जिल्लामा राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन हुनुु गौरवको विषय भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय