सुशीला रेग्मी
रामपुर (पाल्पा),३० वैशाख
नेपाल शिक्षक संघ रामपुर नगर कार्य  समिति पाल्पाको अायाेजनामा शिक्षक स्वागत, सम्मान, बधाई तथा शुभकामना साथै भित्तेपात्राे विमाेचन कार्यक्रम भएको छ । नगर कार्य समिति अध्यक्ष डाेलराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमकाे मुख्य पाहुना रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा रहनुभएकाे हाे ।
मुख्य पाहुना नगर उपप्रमुख थापाले शैक्षिक विकासका लागि शिक्षकले लगनशील मेहनति भएर शिक्षण गर्नुपर्ने बताउनु भएको छ ।  शिक्षक कर्मचारीले जागिरे जीवन भन्ने नसाेचि सेवाकाे भावनाले काम गरियाे भने शैक्षिक विकासले फड्को मार्ने बताउनुहुदै नगर उपप्रमुख थापाले नगरकाे काममा सबैले साथ सहयाेग अावश्यक रहेको बताउनु भएको छ । कार्यक्रमकाे उद्देश्यबारे नगर अध्यक्ष रेग्मीले जानकारी दिनुभएको छ । नेपाल शिक्षक संघ रामपुर नगर सचिव दिपेन्द्र भट्टराईले संचालन गर्नुभएको कार्यक्रममा सहभागीलाई स्वागत उपाध्यक्ष मनबहादुर नेपालिले गर्नुभएको हाे । नेपाली शिक्षक संघ पाल्पाका अध्यक्ष लक्ष्मण बस्यालले शिक्षक संघले पेशाकर्मि शिक्षककाे हकहितकाे अान्दाेलन, गुणस्तरीय शैक्षिक व्यवस्थापन, सामाजिक रुपान्तरणको अभियान, नैतिक शिक्षालाई सबलिकरण बनाउने लगायतका क्षेत्रमा नेपाल शिक्षक संघले काम गर्दै अाईरहेकाे बताउनु भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, रामपुर नगरपालिका वडा नं ६ का वडा सदस्य हरिनाथ ढुंगाना, नेपाल शिक्षक संघ रामपुरका निवर्तमान अध्यक्ष लेखनाथ रेग्मी लगयतले अाफ्ना भनाइ राख्नुभएको छ । शिक्षक सेवा अायाेगमा नाम निकाल्ने, बढुवा हुने शिक्षक तथा विभिन्न विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुहुने तथा सेवा अवकाश लिनुहुने शिक्षकलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय