latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

१० टिमको सहभागिता हुने
पाल्पा, बैशाख २८
रानीमहलमा हुने पुरुष राष्ट्रिय विच भलिबलको तयारी पूरा भएको छ । बैशाख २८ देखि ३० गतेसम्म हुने रानीमहलको काखमा रहेको विच भलिबल कोर्टमा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । सञ्जय मेमोरियल प्रतिष्ठानको आयोजना र पाल्पा भलिबल संघको सहआयोजनामा पाल्पाको आयाेजनामा प्रतियाेगिता हुन लागेकाे हाे ।

विच भलिबल प्रतियोगितामा ६ प्रदेश, तीन विभागीय टिम र आयोजक गरि १० टिमको सहभागीता रहने पत्रकार सम्मेलनमा आयोजक सञ्जय मेमोरियल प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले जानकारी दिइन् । प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी, मधेश, बागमती प्रदेश, एपीएफ, आर्मी, पुलिस र सह–आयोजक पाल्पा जिल्ला भलिबल संघको टिम सहभागी हुने अध्यक्ष मास्केले जानकारी गराइन् ।
लिग र नकआउट आधारमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन बैशाख २८ गते दिउँसो १ बजे हुने पाल्पा भलिबल संघका महासचिव कृष्ण आलेले जानकारी दिए । उनले बिहीबार साँझसम्म प्रतियोगितामा सहभागी हुने सम्पुर्ण टिम र अफिसियल तानसेन आईपुग्ने बताए । खेलकुदमार्फत पाल्पाको पर्यटकीय क्षेत्र रानीमहलको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यमा सबैको साथको अपिल समेत गरिएको छ ।
प्रतियोगिताको विजेता टिमले १ लख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टिमले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल, तेस्रो हुने टिमले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र सानत्वना हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतिष्ठानका सचिव हिम बिक्रम केसीले बताए । पत्रकार सम्मेलनमा नेपाल खेलकुद पत्रकार मंच जिल्ला समन्वय शाखा अध्यक्ष माधव अर्याल, नेपाल पत्रकार महासंघका सचिव यज्ञमुर्ति तिमिल्सेना, आदिवासी जनजाति पत्रकार महासंघका देव पचभैया, प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्की, सनराईज टेलिभिजनका सन्तोष बस्याल लगायतले पाल्पामा हुने राष्ट्रिय प्रतियोगितालाई सबैको साथमा सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोडदिएका थिए ।
अघिल्लो वर्ष सञ्जय मेमोरियल प्रतिष्ठानले आयोजना गरेको थियो भने यसपटक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोग र नेपाल भलिबल संघबाट स्वीकृतिमा आयोजित प्रतियोगिता नेपालको वीच भलिबलको । विकास र पाल्पाको ऐतिहासिक दरबार क्षेत्र रानीमहलको प्रबद्र्धन गर्ने उद्धेश्यका साथ सञ्चालन गरिएको हो । आगामी वर्ष अन्तर्राष्ट्रियस्तरका खेलाडीको सहभागीतामा प्रतियोगिता गर्ने तयारी भएको समेत आयोजकले जानकारी गराए ।

रानीमहलसम्म दौडप्रतियोगिता
प्रतियोगितामा जनसहभागीता बढाउन अन्तिम दिन बैशाख ३० गते बिहान रानीमहल दौडको समेत आयोजना गरिने भएको छ ।
तानसेनको कैलाशनगरदेखि रानीमहलसम्मको १३ किलोमिटर दौडलाई प्रतियोगिताका रुपमा गरिएको छ । सञ्जय मेमोरियल प्रतिष्ठानले पुरस्कारको व्यवस्थासमेत गरेकाले सहभागी हुनसमेत आग्रह गरिएको छ । दौडमा पाल्पाका स्थानीय सहित विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागीता रहने सह आयोजक पाल्पा भलिबल संघले जनाएको छ । दौडमा पहिलो हुनेलाई १०, दोस्रोलाई ७, तेस्रोलाई ५, सान्तवना ३ र २ हजार रुपैया“ पाउने सञ्जय मेमोरियल फाउण्डेशनकी अध्यक्ष मास्केले जानकारी दिइन् ।
निःशुल्क दर्ता गर्न पाइने र सहभागीले टिसर्ट पाउनेछन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय