पाल्पा, वैशाख २५

पाल्पा जिल्ला सदरमुकाम तानसेन नगरपालिका वडा ११ को नवनिर्वित भवन उद्घाटन गरिएको छ । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले भवनको उदघाटन गर्नुभएको हो । प्रमुख श्रेष्ठले वडा कार्यालयलाई पूर्वाधार र प्रविधिमैत्री बनाउँदै स्थानीयलाई सहजरुपमा सेवा प्रदान गर्न सहयोग पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “आफनै भवनबाट सेवा सञ्चालन भएपछि वडावासीले राम्रो सेवा पाउनेछन् ।” एक करोड बढीको लागतमा भवन निर्माण सम्पन्न भएको तानसेन नगरपालिका ११ का वडा अध्यक्ष यादवसिंह कार्कीले जानकारी दिनुभयो । स्वास्थ्य चौकी जान आउन कठिन भएको अवस्थामा अब केही समयमा वडामा सारीने भएको छ । जनताको स्वास्थ्य, र सहज सेवाका लागि स्वास्थ्य चौकी सारीने अध्यक्ष कार्कीले बताउनुभयो ।

तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा सिंजालीले वडाको विकासमा जनताले गरेको योगदानको प्रशंसा गर्दै जनताले सरल र सहज रुपमा सेवा पाउने बताउनुभयो । सिंजालीले  भन्नुभयो, “नवनिर्मित भवन उदघाटनले दिएको खुसीले जनताको पक्षमा काम गर्नेछ ।”

कार्यक्रम तानसेन नगरपालिकाका ११ का वडा अध्यक्ष यादवसिंह कार्कीको अध्यक्षतामा भएको हो । सो अवसरमा नगरपालिका प्रमुख श्रेष्ठसहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवाली, जग्गादाता वविनकुमार अमात्य, पुर्व वडा अध्यक्ष दामोदर घिमिरे, नेकपा (एमाले) का नेता चुरा गोदार, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय