सुशीला रेग्मी

रामपुर (पाल्पा), २५ वैशाख

वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम पाल्पाको रामपुरमा भएको छ । रामपुर वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा कार्यक्रम भएको हो । शिक्षा उपसमितिका संयोजक राजेन्द्रप्रसाद बस्ताकोटीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा सहकारीका निवर्तमान अध्यक्ष राजुप्रसाद श्रेष्ठले व्यानर पढेर उद्घाटन गर्नुभएको छ ।

प्रमुख अतिथि प्रदेश सभा सदस्य श्रेष्ठले विसं २०५७ मा २८ जनाबाट रामपुर सहकारी स्थापना गरी अगाडी बढेको संस्था २०६५ मा चन्द्रज्योती वचत तथा ऋण सहकारीसंग मर्ज गरेर अहिले संस्था सञ्चालन भईरहेको ईतिहास जानकारी गराउनुभएको छ । अब सेयर सदस्य थप गरी सहकारीको पुँजी बढाउने, सहकारीको मर्म र भावना अनुसार सञ्चालन गर्न सञ्चालक समिति र सेयर सदस्यलाई अनुरोध गर्नुहुदै प्रदेश सभा सदस्य श्रेष्ठले सहकारी जनताको मालिक हो भन्ने सबै सेयर सदस्यले अपनत्व लिनुपर्ने बताउनुभएको छ । कार्यक्रममा रामपुर वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीले सहकारीको लागि सेयर सदस्यले संस्थाले आह्वान गरेको बखत समय दिनुपर्ने, सहकारीमा जसले चासो राख्छ त्यो सहकारी नै अगाडी बढ्ने बताउनुहुदै सहकारी राम्रो बनाउन सेयर सदस्य, सञ्चालक समितिको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ । शिक्षा उपसमिति संयोजक तथा कार्यक्रमका अध्यक्ष राजेन्द्रप्रसाद बस्ताकोटीले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुहुदै रामपुर साकोसमा आवद्ध सेयर सदस्यलाई लक्षित गरेर वित्तीय साक्षरता सहितको सहकारी शिक्षा कार्यक्रम आयोजना गरिएको बताउनुभएको छ ।

कार्यक्रमको सहजिकरण नेपाल वचत तथा ऋण सहकारी केन्द्रिय संघका बरिष्ठ अधिकृत भरतप्रसाद न्यौपानेले गर्नुभएको हो । उहाँले सहकारीमा वचत गर्ने तरिका, सहकारीले गर्ने काम लगायतका विषयमा सहभागीलाई सहजिकरण गर्नुभएको छ । होटल न्यु श्रीनगरमा भएको कार्यक्रममा शिक्षा उपसमिति सदस्य भेषराज पोखरेलले स्वागत गर्नुभएको हो भने सञ्चालन शिक्षा उपसमिति सदस्य गोविन भट्टराईले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय